Ad Area

देउखुरीमा बसको ठक्करबाट एकजनाको मृत्यु !


लमही १९ ,मंसिर। देउखुरीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी ५५ बर्षीय रामचरण चौधरीको बसको ठक्करबाट मृत्यु भएको हो ।

चौधरी दूध बेचर घर तर्फ फर्किदै गर्दा पूर्व पश्चिम राजमार्ग अन्तरगत बन्गैँ जंगल क्षेत्रमा पश्चिमबाट पूर्ब तर्फ जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले आइतबार बिहान सवा ६ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

गोरुलाई ठक्कर दिएर अनियन्त्रित भएको बसले चौधरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते चौधरीलाई लमही अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । गाडी र चालक अहिले प्रहरीको नियन्त्रणमा छन ।