Ad Area

राप्ती–६ लाई तरुण कप भलिबलको उपाधी


लक्ष्मण बस्नेत
दाङ, २७ चैत । प्रथम नेपाल तरुण दल कप दाङ जिल्ला खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८१ को उपाधि राप्ती गाउँपालिका वडा न ६ ले जितेको छ ।

नेपाल तरुण दल तुलसीपुर उपमहानगरपालिका–१ को आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा बबई गाउँपालिका–२ लाई ३०–२८, २५–१८, १७–२५ र २५–१४ अर्थात ३–१ को सेटमा पराजित गर्दै राप्ती गाउँपालिका– ६ ले उपाधि जितेको हो ।

उपाधीसंगै नगद ५० हजार,कप मेडल प्रमाणपत्र हात पा¥यो । त्यस्तै फाइनलमा पराजित बबई–२ उपबिजेतामा सिमित रहदै नगद २५ हजार, कप मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै शान्तिनगर ३ तृतिय भयो । उसले नगद १५ हजार,कप ,मेडल हात पा¥यो ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत बिधातर्फ बेष्ट प्लेयर खेलाडी राप्ती गाउँपालिका वडा न ६ का कर्लेस चौधरी भए । उनले वेष्ट प्लेयरको ट्रफी तथा प्रमाणपत्र हात पारे । त्यस्तै बेस्ट सेटर बबई २ का गणेश डाँगी,बेष्ट स्पाइकर बबईकै २ कमल डाँगी, बेष्ट ब्लकर राप्ती ६ का सुमित चौधरी,वेष्ट सर्भर शान्तिनगर ३ का तिलक घर्ती र वेष्ट लिब्रो दङ्गीशरण– ६ का मिलन पुनमगर भएका थिए ।

तीन दिनसम्म संचालित प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन समारोह नेपाल तरुण दल इकाई तुलसीपुर–१ का अध्यक्ष बालकृष्ण धितालको अध्यक्षतामा तथा नेपाली कांग्रेस दाङ जिल्ला सहसचिव राजु आचार्यको प्रमुख आतिथ्यमा भएको थियो ।

प्रयोगितामा नेपाल तरुण दल क्षेत्र न ३ का अध्यक्ष राजकुमार केसी,नेपाली कांग्रेस प्रदेश सल्लाहकार चुडामणि न्यौपाने,प्रदेश सदस्य ढुण्डीराज न्यौपाने, नेपाली कांग्रेस तुलसीपुर नगर सदस्य निर्मलकुमार आचार्य, नेपाली कांग्रेस बिदेश बिभाग समन्वय समितिका सदस्य सुकबहादुर ठाडा, नेपाली कांग्रेसका नेता रेशम रानालगाएतकाले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन नेपाली कांग्रेसका नेता मेघराज सोनीले गरेका थिए ।