Ad Area

गोली प्रहारबाट रेडक्रस दाङका पूर्व सभापति आचार्यको मृत्यु


 

तुलसीपुर, ८ बैशाख । दाङको तुलसीपुरमा गोली प्रहारबाट नारायण आचार्यको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका –७ मोतिपुर निवासी ८३ वर्षका आचार्यको घरमै गोली प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीले जानकारी दिनुभयो ।

प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । आचार्य लामो समयसम्म रेडक्रस दाङको सभापति भएर काम गर्नुभएको थियो । प्रहरीलाई दिउसो २ बजे खबर पुगको थियो । हतियार कोठाभित्रै रहेको प्रहरीले जनाएको छ ।