Ad Area

प्रथम खुला बास्केटबल प्रतियोगिता हुने


दाङ, १७ वैशाख । त्रिभुवननगर जेसीजले खेलकुदमार्फत् युवामा नेतृत्व विकास गर्ने उद्देश्यले प्रथम खुला बास्केटबल प्रतियोगिता आयोजना गर्न थालेको छ ।

प्रतियोगिता २०८२ वैशाख २० गते शनिवार, सालघारी स्थित बास्केटबल कोर्टमा हुने प्रतियोगितामा दाङ बास्केटबल एसोसिएसनको प्राविधिक सहयोग रहने छ । सामाजिक संलग्नता र नेतृत्व विकासका लागि सक्रिय युवा अभियानका साथ त्रिभुवननगर जेसीजले पहिलो पटक आयोजना गर्न लागेको यस प्रतियोगिता खेल क्षेत्रलाई नयाँ दिशा दिन प्रेरणादायी भूमिका खेल्ने विश्वास लिइएको छ ।

नयाँ खेल प्रतिभाको पहिचान र प्रवर्धनमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा विजेता टिमले नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टिमलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । साथै उत्कृष्ट खेलाडी र राइजिङ स्टार पुरस्कार पनि वितरण गरिने त्रिभुवननगर जेसीजका अध्यक्ष टंक रावतले जानकारी दिए ।

खेल संयोजक जेसी रनबहादुर खड्काले प्रतियोगितालाई सफल बनाउन खेलप्रेमी, युवा र स्थानीयलाई उपस्थित भइदिन उनले आग्रह गरेका छन् ।