बुद्धको प्रतिमा स्थापना

घोराही,२३ बैशाख । नेवार सेवा समिति घोराहीको सभाहलमा शाक्यमुनी गौतम बुद्धको प्रतिमा स्थापना गरिएको छ । प्रतिमा स्थापना गर्नु अघि घोराही बजारमा बाजागाजासहित परिक्रमा गरिएको थियो ।
नेवार सेवा समितिबाट सुरु भएको परिक्रमा ¥याली स्वर्गद्धारी एफएम रेडियो सडक हुँदै गणेश मन्दिर परिक्रमा गरी घोराही उपमहानगरपालिका–१५ काठेकोहलस्थीत समितिको हलमा फर्किएको थियो । बजार परिक्रमा पछि प्रतिमाको औपचारिकरुपमा पुजाआजा गरेर उद्घाटन गरिएको थियो ।
नेवार देबदबु दाङका अध्यक्ष परशुराम श्रेष्ठको अध्यक्षता तथा भिक्षु सिरि वजिरको प्रमुख आतिथ्यता एवं पूर्व सांसद सुजीता शाक्य,प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा प्रतिमा स्थापना गरिएको थियो ।