धारपानी मन्दिरको साधारणसभाको तयारी पूरा

घाेराही, २६ बैशाख । दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको शनिबार हुने वार्षिक साधारणसभाको तयारी पूरा भएको छ ।
घोराही ५ धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरूकुल सभाहलमा बैशाख २७ गते शनिवार सवा १२ बजे हुने वार्षिक साधारणसभाको सबै तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
साधारणसभाका लागि प्रगति तथा आर्थिक प्रतिवेदन तयारी लगायत सब कार्य पूरा भएको मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभएको छ । साधारणसभामा उपस्थित हुन मन्दिर व्यवस्थापन समितिले सबै सरोकारवालालाई अनुरोधसमेत गरेको छ ।
समितिका अध्यक्ष गणेशकुमार अधिकारी र सचिव विष्णुराम आचार्यले एक विज्ञप्ति जारी गर्दै साधारणसभामा उपस्थित हुन समितिका साधारण सदस्य, आजीवन सदस्य तथा दानदाता लगायत सरोकारवाला सबलाई अनुरोध गर्नुभएको छ ।