कविता : ज्योतिबाट ज्योति बालौं


श्रीराम दहित

ज्योतिबाट ज्योति बालौं ज्ञान गुरु!
अन्तर मनबाट अन्धकार भगाऔं ज्ञान गुरु!

तिमी हौ रुप गुरु हे परमेश्वर!
ज्योति पुरुष तिमी हौ सर्बेश्वर!

ज्ञान पुञ्ज किरण दर्शन देउ सदगुरु!
ज्योति बाट ज्योति बाली देउ सदगुरु!

पथ पर्दशक तिमी हौ ज्ञानेश्वर !
देउ सदज्ञान निधि हौ योगेश्वर!

दुर्गुण दुर गरि देउ सदगुरु !
ज्योतिबाट ज्योति बाली देउ सदगुरु!

हामी बालक हौं शरणमा आयौं !
सदगुरुमा आस्था हामी जगाऔं!

निराश म्स्न हुँदैछ सधैं हाम्रो!
दम्भ अहंकार हटाइ देउ हाम्रो!

प्रेम रत्न हामीमा बर्षाउ सदगुरु!
ज्योतिबाट ज्योति बाली देउ सदगुरु!

हामीभित्रै छ महाशक्ति ज्ञानेश्वर !
बाहिर खोज्दछौं देखावटी ज्ञानेश्वर!

सुतेको महाशक्ति बिउँझाइदेउ सदगुरु!
ज्योतोबाट ज्योति बालिदेउ सदगुरु!

तिम्रो चरणमा सरण लागोस् सदगुरु!
ज्योतिबाट ज्योती बालिदेउ सदगुरु!