Ad Area

फरक क्षमता भएका विद्यार्थीलाई दाङ महिला जेसीजकाे सहयाेग


घाेराही, ११ जेठ । दाङ महिला जेसीजले बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरलाई शैक्षिक सामग्री सहयाेग हस्तान्तरण गरेको छ ।

त्रिभुवननगर जेसीज वर्ष २०२५ की अध्यक्ष अनिता ढकालकाे अध्यक्षता तथा संस्थाकी पूर्वअध्यक्ष माया शर्माको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरेर विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरुकाे शैक्षिक कृयाकलापमा सुधार ल्याउन विभिन्न प्रकारका शैक्षिक सामग्री सहयाेग गरिएको हाे । शैक्षिक सामग्री पाउँदा विद्यार्थी निकै खुशी भएका छन् ।
व्यक्तित्व र नेतृत्व विकाससँगै सामाजिक क्षेत्रमा पनि रचनात्मक काम गर्दै आएकाे दाङ महिला जेसीजले फरक क्षमता भएका विद्यार्थीकाे शिक्षामा गरेकाे लगानी निकै सराहनीय रहेकाे विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीले बताउनुभयो ।

सबैको साथ, सहयाेग र सहकार्यबाट सामाजिक क्षेत्रमा गरिएको कामले सार्थक नतिजा दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर बुढाथोकीले बताउनुभयो ।

कार्यक्रममा दाङ महिला जेसीजका पूर्व अध्यक्ष निरजा पाेख्रेल, मातृ संस्था त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष टंकबहादुर रावत अनन्त लगायत बाेल्नु भएको थियाे ।
दाङ महिला जेसीजकी साेफिया बुढाथोकीकाे आस्थापाठ एवम् सरस्वती वली केसीकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमकाे सहजीकरण महासचिव भीमा डिसीले गर्नुभएको थियाे ।