Ad Area

शिव पार्वती तथा राधाकृष्ण मन्दिरको अध्यक्षमा गोराथोकी


घोराही, २४ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियास्थित रहेको शिव पार्वती तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको नवौँ साधारण सभा तथा पाँचौं अधिवेशनले गोविन्द गोराथोकीको अध्यक्षतामा आगामी तीन वर्षे कार्यकालका लागि मन्दिर व्यवस्थापन समिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा दीपक चौधरी, सचिवमा सरिता अधिकारी, सहसचिवमा कमल ओली र कोषाध्यक्षमा निमानन्द अर्याललाई चयन गरिएको छ । यस्तै सदस्यहरूमा दामोदर केसी भोजबहादुर थापा, टोपनारायण बन्जाडे, बुद्धिकला शर्मा पोखरेल, भरतमणि अधिकारी, राधा केसी, भक्तबहादुर खत्री, तानबहादुर बन्जाडे, श्रीराम चौधरी र बद्री अधिकारीलाई चयन गरिएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार आचार्यको अध्यक्षता तथा दानवीर बसन्ता केसीको प्रमुख आतिथ्य एवं समितिका सल्लाहकार रामप्रसाद चौधरीको विशिष्ट आतिथ्यमा शनिबार कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार हरिप्रसाद पाण्डे, बासुदेव गौतम, टोल विकास संस्थाका तर्फबाट भरतमणि अधिकारी, भगवती शर्मालगायतले मन्तव्य राख्नुभएको थियो ।

सचिव गोविन्द बुढाथोकीले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यादव आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई साधारण सभाको बन्दसत्रले पारित गरेको थियो । मन्दिर व्यवस्थापन समितिका सदस्य दामोदर केसीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन् सत्रको सहजीकरण सचिव गोराथोकीले गर्नुभएको थियो ।