Ad Area

एक हप्ते निशुल्क योग विज्ञान शिविर सम्पन्न


घोराही, २५ जेठ । महिला पतञ्जलि योग समिति दाङद्वारा आयोजित निशुल्क योग विज्ञान शिविर सम्पन्न भएको छ ।
पतञ्जलि योग पीठ, पतञ्जलि योग समिति नेपाल, महिला पतञ्जलि योग समिति नेपाल, युवा नेपाल समितिको समन्वयमा घोराही १५ भरतपुरमा जेठ १९ गतेदेखि २५ गतेसम्म आयोजित योग विज्ञान शिविरमा योगको महत्वसँगै योग गरेपछि हुने फाईदाका बारेमा चर्चा गरिएको थियो ।

बिहान साढे ४ बजेदेखि ६ बजेसम्म संचालन गरिएको योग विज्ञान शिविरमा योग अभ्याससँगै योगको आयाम बारे योग प्रशिक्षकहरुले जानकारी गराउनुभएको थियो ।

एक हप्ते योग विज्ञान शिविरको समापनसँगै नयाँ योग साधना केन्द्र स्थापना गरी जिम्मेवारीसमेत प्रदान गरिएको छ । पतञ्जलि योेग मधुवन साधना केन्द्र, भरतपुर नामाकरण गरिए लक्ष्मी श्रेष्ठलाई केन्द्रको अध्यक्ष चयन गरिएको छ ।

जसको उपाध्यक्षमा कमला आचार्य,  सचिवमा निर्मला शर्मा, कोषाध्यक्षमा सीता पोख्रेल चयन हुनुभएको छ ।
सदस्यहरुमा पद्मा पाण्डे, एलिसा श्रेष्ठ, केशव पाण्डे, शान्ता बस्नेत चयन हुनुभएको छ भने सल्लाहकारमा भुवनेश्वर भुसाल, गुरुप्रसाद आचार्य, रेश्मीराज पाण्डे र श्रद्धा गौतम चयन हुनुभएको छ ।

समापन समारोहमा पतञ्जति योग समितिका प्रदेश उपाध्यक्ष शारदा पोख्रेल, महिला नगर प्रभारी बसन्ता भण्डारी, प्रभारी तोयनाथ योगी, जिल्ला उपाध्यक्ष विष्णा भुसाल, केतनाथ आचार्य, योग प्रशिक्षक पार्वता बस्नेतलगायत बोल्नुभएको थियो ।

वक्ताहरुले योगले आत्म–प्रबोधन र मुक्ति (मोक्ष) प्राप्त गर्ने बताउनुभयो । साथै, मानिसलाई तनावमुक्त, स्वस्थ र सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउने बताउनुभयो । कार्यक्रमको सहजीकरण मधु अधिकारीले गर्नुभएको थियो ।