दाङ महिला जेसीजकाे मैत्रीपूर्ण फुटसलमा पत्रकार महिला विजयी

घाेराही, ५ असार । दाङ महिला जेसीजले जेसीज सप्ताह २०२५ का अवसरमा छैठाे दिन बिहीबार मैत्रीपूर्ण फुटसल आयाेजना गरेकाेे छ ।
दाङ महिला जेसीज वर्ष २०२५ कि अध्यक्ष अनिता ढकालकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य लाेकीकुमारी विश्वकर्माकाे प्रमुख आतिथ्यमा घाेराही १७ पनाैरास्थित फुटबल मैदानमा मैत्रीपूर्ण फुटसल सम्पन्न गरिएको हाे ।
दाङ महिला जेसीज, पत्रकार महिला, राजनितिक दल र संघ संस्था सम्मिलित टीम बिच मैत्रीपूर्ण फुटसल आयााेजना गरिएको थियाे । जसमा पत्रकार महिलाकाे टीम प्रथम भएको आयाेजकले जनाएको छ ।
मैत्रीपूर्ण फुटसल उदघाटन गर्दै प्रमुख अतिथि विश्वकर्माले दाङ महिला जेसीजले खेलकुद आयाेजना गरेर खेलकुदकाे महत्त्व उजागर गर्दै स्वास्थ्यका लागि खेलकुद अपरिहार्यता दर्शाउने काम गरेकाे बताउनुभयाे ।
दाङ महिला जेसीज प्रवक्ता रेमन्ता पुनकाे आस्थापाठ एवम् कार्यक्रम संयाेजक प्रज्ञा स्वर्णकारकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमकाे सहजीकरण महासचिव भीमा डिसीले गर्नुभएको थियाे ।
जेठ ३१ गतेबाट शुरु भएको जेसीज सप्ताह अन्तरगतकाे समापन असार ७ गते अम्बिकेश्वरी मन्दिर परिसरमा हुने भएको मूल संयाेजक लक्ष्मी चाैधरीले जानकारी दिनुभयो ।