लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा अल्फा प्रथम

दाङ,९ असार । लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता–२०८२ मा दाङको अल्फा तेक्वान्दो डोजाङ प्रथम भएको छ । पश्चिम नवलपरासीको भुमहीमा असार ५, ६ र ७ गते सम्पन्न लुम्बिनी प्रदेशस्तरीय खुला दोस्रो रामनगर तेक्वान्दो प्रतियोगितामा अल्फा तेक्वान्दो डोजाङले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम हुन सफल भएको हो ।
प्रतियोगितामा प्रथम बनेको अल्फा डोजाङका खेलाडीले पुम्से विधामा ६ स्वर्ण, ३ रजत र २ कास्य पदक गरि जम्मा ११ पदक जित्दै उपाधि हात पारेका हुन् । जसमा व्यक्तिगत पुम्सेतर्फको प्रतिष्पर्धामा १४ बर्षमुनि उमेर समुहमा अस्मिता बुढा मगर, १७ बर्षमुनि उमेर समुहमा निर्मा बिष्ट, १७ बर्षमाथि उमेर समुहमा सिमा लवर र १७ बर्षमुनि उमेर समुहमा विमल योगीले स्वर्ण पदक जितेका छन्।
त्यस्तैगरी जेनी थापाले रजत, सागर चौधरी र सुशील रोकाले काश्य पदक प्राप्त गरेका छन् । जोडी पुम्से विधामा निर्मा बिष्ट र सुशील रोका, सिमा कवर र विमल योगीको जोडीले स्वर्ण पदक जितेका छन् भने नमिब श्रेष्ठ र जेनी थापाको जोडी तथा अस्मिता बुढा मगर र सुशील रोकाको जोडीले रजत पदक प्राप्त गरेको अल्फा तेक्वान्दा डोजाङ प्रमुख सुनिता विष्टले जानकारी दिएकी छिन ।
त्यसैगरी प्रतियोगितामा अल्फा तेक्वान्दो डोजाङले फाइटतर्फपनि समेत उत्कृष्ट प्रदर्शन गर्दै कुल ११ पदक जित्न सफल भएको छ । प्रतियोगितामा अल्फा डोजाङका खेलाडीले फाइटतर्फ ५ स्वर्ण, १ रजत र ५ कास्य पदक प्राप्त ११ पदक जित्न सफल भएका हुन ।
प्रतियोगितामा स्वर्ण पदक विजेतामध्ये किरण घले गुरुङले महिलातर्फ ४२ केजी तौल समुह, निशा पुन मगरले ४४ केजी तौह समुह, कमल परियारले पुरुष जुनियर ५१ केजी तौल समुह, अयुब सुनारले जुनियर पुरुष ४८ केजी तौल समूह र गणेश विकले ५८ केजी तौल समुहमा प्रतिष्पर्धा गरेका थिए । खेलाडी स्टोप झाक्रीमगरले जुनियर पुरुष ५१ केजी तौल समुहमा काश्य पदक जितेका थिए । त्यसैगरी प्रतियोगितामा खेलाडी जीवा जिएमले रजत र खेलाडी खुशी जिएम, प्रकाश ओली, अञ्जना बिष्ट, शुभम केसी र अनमोल घतीले काश्य पदक जितेका थिए ।
प्रतियोगिताभर उत्कृष्ठ खेल प्रदर्शन गर्ने अल्फाकै खेलाडी गणेश विक र निशा पुनमगर उत्कृष्ट खेलाडी घोषित भएका थिए । प्रतियोगितामा समग्रमा अल्फा तेक्वान्दो डोजाङले २३ पदक जित्न सफल भएको थियो । उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो क्षमता देखाएका सम्पूर्ण खेलाडीहरूलाई अल्फा तेक्वान्दो डोजाङले बधाई तथा सफल भविष्यको शुभकामना व्यक्त गरेको छ । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका खेलाडीको सहभागीता रहेको थियो ।