Ad Area

रुखको हागा भाचिदा म्याजिक गाडी र मोटरसाइकलमा क्षति


घोराही, १० असार । दाङमा रुखको हागा भाचिदाँ म्याजिक गाडी र मोटरसाइकलमा क्षति पुगेको छ ।

घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा बरको हागो भाचिदा सडक छेउमा पार्किङ गरेर राखेको रा १ ज ४६६ नम्वरको म्याजिक गाडी र लु ५८ प ७६७८ नम्वरको मोटरसाइकलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

मंगलवार विहान करिव पौने ११ बजेतिर कुइरेपानी चोकमा पार्किङ गरेर राखेको समयमा बरको हागा भाचिएर गाडी र मोटरसाइकलमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिनुभएको छ । उहाँका अनुसार गाडी र मोटरसाइकलमा मानिस नहुँदा मानवीय क्षति भने भएको छैन ।

उहाँका अनुसार गाडी र मोटरसाइकलमा क्षति पुगेको छ । रुखको हागो भाचिएर अवरुद्ध बनेको घोराही–लमही सडक समेत सुचारु भएको प्रहरी निरीक्षक बमले जानकारी दिनुभएको छ ।