Ad Area

ग्रीन अपरेशनका लागि प्रतिबद्धता


दाङ,२० असार। स्वच्छ सफा नेपालको आयोजना र मुक्त कमलरी बिकास मञ्चको समन्वय र आइएम स्वीडिस डेभलपमेन्ट पार्ट्नरको आर्थिक सहयोगमा इन्टरसेक्शनल ग्रिन फ्युचर्स: एड्भान्सिङ क्लाइमेट जस्टिस फर अल परियोजनाको ग्रीन अपरेसन कार्यक्रम अन्तरगत घोराही उपमहानगरपालिकाको विभिन्न शाखा प्रमुख र साझेदार सस्थाका प्रतिनिधिसँग छलफल गरिएको छ ।

छलफलमा स्वच्छ सफा नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले पलास्टिक प्रयोगलाई निरुत्साहित गर्नुपर्ने र कार्बन उत्सर्जन कम गर्नुपर्ने बताउनुभयो । वातावरण मैत्री यातायात, फोहोरको न्यूनीकरण र ब्यबस्थापन , पानीको पर्याप्तता , विद्युतीय सवारी साधनको प्रयोग कसरी बढाउने र कम विद्युत खपत गर्ने सामग्रीको प्रयोगका बारेमा छलफल गर्नुभएको थियोे ।
सरकारी कार्यालय र अन्य क्षेत्रमा पुराना थोत्रा गाडीहरु बिस्थापित गर्ने, सिङ्गल प्रयोगमा आउने प्लास्टिक प्रयोगमा कम गरेर वातावरणीय जिम्मेवारीको संस्कृतिलाई बढावा दिन सबैले आ आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
घोराही उपमहानगरपालिका सामान्य प्रशासन शाखा प्रमुख बासुदेब आचार्यले वातावरणलाई कसरी सन्तुलन राख्न सकिन्छ भन्ने विषयलाई सबैले आत्मसात गनुपर्ने बताउनुभयो । बिकासका सबै आयाममा कसरी वातावरण मैत्री बनाउने भन्ने विषयमा सबैले ध्यान दिनुपर्ने उहाँको धारणा थियोे । प्लास्टिकको प्रयोग कम गर्नुपर्ने र कार्यालयमा प्लास्टिक प्रयोग कम गर्नकालागी आफ्नो आफ्नो स्थानबाट प्रतिबद्धता आउनुपर्ने बताउनुभयो ।
घोराही उपमहानगरपालिका सरसफाइ व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अधिकारीले वातावरण स्वच्छ राख्नका लागि सबैले हालेमालो गर्नुपर्ने बताउनुभयो । पलस्टिक प्रयोगलाई कम गर्न पालिकामा नीति नै बनाएर काम गर्ने बताउनुभयो ।
पशु सेवा प्रमुख श्रीधर अधिकारीले आफ्नो कार्यालयबाट दानामा आश्रीत पशुचौपायालाई घाँसमा आधारित गराउन थालेको बताउनुभयो । घाँसमा आधारित पशुपालक किसानले रोपेका घाँसका बिरुवाले हरियाली पनि हुने र घाँस पनि हुने, दोहोराे फाइदा हुने बताउनुभयो ।
बिपत ब्यबस्थापन महाशाखाका प्रमुख मदन वलीले कार्यालयमा स्वच्छता सम्बन्धि ब्यानर राख्नलाई पहलगर्ने बताउनुभयो । रेडियसन परिक्षण पनि आबस्यकता रहेको बताउनुभयो । स्वच्छ सफा नेपालका कार्यक्रम संयोजक कैलाश बिक्रम शाहीले स्वच्छ सफा वातावरण राख्नका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । उहाँले स्वच्छ वातावरण राख्न घर परिवार, कार्यालयबाट सुरुवात गर्नुपर्ने बताउनुभयो ।
मुक्त कमलरी बिकास मञ्चका परियोजना संयोजन सुबोध चौधरीले कार्यालयमा मेसिनरी सामान खरिद गर्दा कम कार्बन फाल्ने र कम बिजुली चल्ने खालको सामग्री खरिद गर्ने बताउनुभयो ।
पालिकाका कर्मचारी नारायण पौडेल, ठाकुर खनाल लगायतले स्वच्छ सफा वातावरणक लागि आ आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।