Ad Area

विद्यालयलाई डस्टबिन सहयोग


दाङ,२० असार । स्वच्छ सफा नेपालको आयोजना र मुक्त कमलरी बिकास मञ्चको समन्वय र आइएम स्विडिस डेभलपमेन्ट पार्ट्नरको आर्थिक सहयोगमा इन्टरसेक्शनल ग्रिन फ्युचर्स: एड्भान्सिङ क्लाइमेट जस्टिस फर अल परियोजना अन्तरगत घोराही उपमहानगरपालिका – २ बुकामा रहेको जनता माध्यमिक विद्यालय नयाँगाउँलाई १० थान डस्टविन वितरण गरिएको छ ।


स्वच्छ सफा नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले विद्यालयबाट निस्केको फोहर व्यवस्थापनकालागि डस्ट्बिन सहयोग गरिएको बताउनुभयो । यत्रतत्र छरिएको फोहरले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले विद्यार्थीहरुलाई फोहर ब्यवस्थापन गर्ने बानीको बिकास गराउन थालिएको बताउनुभयो। विद्यालयका प्राध्यापक पुस्करनाथ अधिकारीले स्वच्छ सफा वातावरण राख्न डस्टबिनले सहयोग पुग्ने बताउनुभयो । समाजिक संघसंस्थाको सहयोगले विद्यालयमा सफाहुने बताउदै धन्यवाद दिनुभयो ।
स्वच्छ सफा नेपालका कार्यक्रम संयोजक कैलाश बिक्रम शाहीले विद्यार्थीहरु धेरै समय विद्यालयमा बस्ने र धेरै कुरा सिक्ने भएकाले स्वच्छ सफा वातावरण राख्नका लागि विद्यालयलाई डस्टबिन सहयोग गरेको बताउनुभयो। उहाँले स्वच्छ वातावरण राख्न घर परिवार र विद्यालयबाट सुरु गर्नुपर्ने बताउनुभयो ।