Ad Area

दाङ आइटिएफ तेक्वान्दो संघमा पुनः थापा चयन


दाङ,२१ असार । दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघको अध्यक्षमा पुनः भीमबहादुर थापा चयन भएका छन् ।

दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघको शनिवार घोराहीमा भएको तेस्रो अधिवेशनले सर्वसहमत थापाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा आकाश विश्वकर्मा, सचिवमा लीलाधर बस्नेत, कोषाध्यक्षमा दीपिका गिरी सर्वसहमत चयन भएका छन् । सदस्यहरुमा अर्जुन घिमिरे, कृष्ण थापा, कृष्ण रोकामगर, सञ्चिता पुन, सन्तोष बुढामगर, अर्जुन नेपाली, हेमन्त थापा, श्रीधर गिरी र राम पुनमगर रहेका छन् ।

दाङ जिल्ला आइटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाको अध्यक्षता तथा लुम्बिनी प्रदेश आइटिएफ तेक्वान्दो संघका अध्यक्ष रितमान कामु मगरको प्रमुख आतिथ्यता एवं दाङ जिल्ला खेलकुद विकास समिति कार्यालयका प्रमुख राकेश परियारको विशिष्ट अतिथ्यतामा भएको अधिवेशनमा बोल्ने बक्ताहरुले जिल्लामा आईटिएफ तेक्वान्दो खेलको विकाससँगै खेलाडीको क्षमता विकासका लागि संघले महत्वपूर्ण कार्य गर्दै आएको बताएका थिए ।

अधिवेशनको उद्घाटन कार्यक्रममा दाङ आइटिएफ तेक्वान्दो संघका संस्थापक अध्यक्ष एवं संरक्षक प्रेम बुढा मगर, लुम्बिनी प्रदेश आइटिएफका सचिव तथा प्रमुख प्रशिक्षक बिन्दुप्रसाद चौधरी, प्रदेश सदस्य कैलाश अर्याललगायतको सहभागीता रहेको थियो ।