स्पान नेशनल कलेजद्वारा चौथो वर्षका विद्यार्थीलाई विदाई

घोराही, २१ असार । घोराही १५ मा रहेको स्पान नेशनल कलेज प्रालिद्वारा संचालित भिएन क्याम्पसबाट चौथो वर्ष पूरा गरेका विद्यार्थीलाई विदाई गरिएको छ ।
शिक्षक विद्यार्थी समन्वय समितिका अध्यक्ष पुष्पा डिसीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको प्रमुख आतिथ्यमा शनिबार एक कार्यक्रम गरी विदाई गरिएको छ ।
सो अवसरमा प्रमुख अतिथि सुवेदीले आजका युवाले समाजलाई सही मार्गमा डोर्याउनुपर्ने बताउँदै बिएड चौथो वर्ष पूरा गरेका विद्यार्थीले क्याम्पसबाट लिएको शिक्षाबाट उज्ज्वल भविष्यको आधार तयार पारेकोे बताउनुभयो । मानिसका क्रियाकलापले समाजमा आफुलाई स्थापित हुन सहज हुने भएकाले सकारात्मक काममा लाग्न पनि विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
क्याम्पस प्रमुख मदन सुवेदीले विद्यार्थीले आफ्नो सीप अरुलाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । स्पान क्याम्पसका प्रबन्ध निर्देशक निशान्त आचार्यले स्पान क्याम्पसमा पढेका विद्यार्थीहरु अहिले विभिन्न क्षेत्रमा त्रियाशील हुँदै आफूलाई स्थापित गरि सकेको बताउनुभयो ।
स्पान क्याम्पसका अध्यक्ष प्रकाश देवकोटाले उच्च शिक्षापछि स्वदेशमै सम्भावना खोज्नुपर्नेमा जोड दिनुभयो । क्याम्पसका उपप्राध्यापक शरदकुमार आचार्यले स्पान कलेजले किताबी ज्ञान मात्रै नदिएर सामाजिक र व्यावहारिक ज्ञान पनि दिने गरेको बताउनुभयो । पूर्व विद्यार्थी दिपा चौधरी, छबि न्यौपाने लगायतले मन्तव्य राख्नु भएको थियोे । सपना थापाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पूर्व विद्यार्थी लोकेन्द्र रिजालले गर्नुभएको थियोे ।