Ad Area

बबई नदीमा डुबेर दुई जनाको मृत्यु


दाङ, ३० असार । पश्चिम दाङको बबई गाउँपालिका–५ स्थीत बबई नदीमा डुवेर दुई जनाको मृत्यु भएको छ ।

बबई नदीमा पौडी खेल्ने क्रममा सोमवार दिउँसो पुरन्धारा छहरा नजिकै बबई नदीमा डुबेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–७ निवासी १७ वर्षीय विधान केसी र तुलसीपुरकै १८ वर्षका कुशल बुढा मगरको इलाका प्रहरी कार्यालय खितलपुरका प्रहरी नायब निरीक्षक ईश्वरी भण्डारीले जानकारी दिएका छन् ।

सोमबार दिउँसो दुई बजेतिर पुरन्धारा छहरा नजिकै बबई नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो । मृतकको शव तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि ल्याइएको प्रहरीले जनाउको छ ।