Ad Area

बढ्दाे सवारी दुर्घटना राेक्न नागरिक समाजकाे ध्यानाकर्षण


घाेराही, ७ साउन । नागरिक समाज दाङले जिल्लामा सवारी दुर्घटना न्युनीकरण गर्दै ट्राफिक नियम पालनामा कडाइ गर्न सम्बन्धित निकायकाे ध्यानाकर्षण गराएको छ ।

समाजकाे बुधबार घाेराहीमा बसेकाे नियमित बैठकले जिल्लामा सवारी दुर्घटनामा परेर अकाल ज्यान गुमाउनुका साथै घाईते भई अङ्गभङ्ग हुने तथा सवारी साधनमा क्षति पुग्दा ठूलाे भाैतिक र आर्थिक नाेक्सानी भईरहेकाे भन्दै सवारी दुर्घटना न्युनीकरणमा प्रभावकारी भुमिका निर्वाह गर्न र ट्राफिक नियम कडाइका साथ कार्यान्वयन गर्न राेकार निकायकाे ध्यानाकर्षण गराएको छ ।

यसैगरी, नेपाल संस्कृत विश्व विद्यालय बेलझुण्डी दाङकाे नेतृत्वमा अन्तर्राष्ट्रिय याेगा महाेत्सव २०८२ आगामि असाेज २५,२६ र २७ गते हुने भएको हुँदा उक्त महाेत्सव सफल बनाउन समाजका तर्फबाट सबैलाई अनुराेध गरिएको छ ।

नागरिक समाजले दाङको घाेराही ५ धारापानी र घाेराही १७ गुलरियामा जारी शिव पुराण तथा श्रृङ्गारिक महाआरती सफलतापूर्वक सम्पन्न गर्न सक्दाे पहल गर्ने निर्णय गरेकाे समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।