लैङ्गिक समानता र सामाजिक समावेशिकरण अभिमुखिकरण सम्पन्न

घोराही, १९ साउन । लैङ्गिक समानता र सामाजिक समावेशिकरण सम्बन्धि महिला समुहहरुका लागि अभिमुखिकरण कार्यक्रम घोराहीमा सम्पन्न भएको छ ।
मुक्त कमलरी विकास मञ्चको आयोजना र आइएम नेपालको सहयोगमा मुक्त कमलरी सशक्तीकरण परियोजना अन्तरगत महिला समुहका लागि अभिमुखिकरण गरिएको हो ।
अभिमुखीकरणमा मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले महिलाहरु आफ्नो अधिकारका बारेमा चनाखो हुनुपर्ने भएका कारण महिला समूहलाई लक्षित गरेर कार्यक्रम गरिएको बताउनुभयो ।
संस्थाकी उपाध्यक्ष निर्मला चौधरीले पालिका स्तरीय महिला कृषक समूह, पशुपालन समूह लगायतलाई लैङ्गिक समानता र सामाजिक समावेशीकरणको विषयमा जानकारी दिएको बताउनुभयो ।
मुक्त कमलरी सशक्तिकरण परियोजना संयोजक सुबोध कुमार चौधरीले समाजमा रहेका कुप्रथा र कुरीति विरुद्धमा आवाज उठाउन समूहलाई शिक्षा दिईएको बताउनुभयो । अभिमुखीकरणमा घोराही, तुलसीपुर र लमहीका महिला समूहका २६ जनाको सहभागीता रहेको थियोे । दुई दिनसम्म चलेको अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक कृष्ण चौधरी रहनुभएको थियोे ।
समापन कार्यक्रममा सहभागीको तर्फबाट तुलसीपुरका सरिता घर्ती, घोराहीका मनोहर चौधरी, ललिता थापाकुमाल लगायतले आफुले सिकेका कुरा समूहमा राख्ने प्रतिवद्धता जनाउनुभयो ।