Ad Area

दाङमा युवासँग महालक्ष्मी लाईफ बीमा जागरण अभियान


घोराही २४, मंसीर । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले समाजमा आफुलाई सफल बनाउन एउटा क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

सरल जीवनबाट माथि उठ्न विदेश जाने सोँच फाल्दै देशका लागि केही योगदान दिने योजना बनाउन अपिल गरे । युवासँग महालक्ष्मी लाईफ बीमा जागरण अभियान २०७८ अन्तर्गत घोराही १६ स्थित राप्ती इन्जिनियरिङ कलेजमा अध्ययनरत ६५ बढी विद्यार्थीहरुलाई अभिमुखीकरण गर्दै प्रमुख कार्यकारी अधिकृत भट्टराईले सकारात्मक सोँच राखेर अघि बढेमा ढिलो चाँडो सफलता हात लाग्ने हुँदा यो दौडमा आफ्नो जीवन सुरक्षित बनाउन बीमा नै उत्तम विकल्प रहेको जिकिर गरे ।

उनले युवाहरुमा बीमाको बारेमा सचेतना दिन सकेमा वित्तीय व्यवस्थापन र सुरक्षित भविष्य निर्माणमा निकै लाभ हुने विश्वास दिलाए । उनले भने, ‘जागिर खानु र विदेश पलायन हुनु मात्रै जीवनको उद्देश्य बन्नु हुँदैन । आफै पनि केही गर्ने योजना बनाउनुपर्छ, सकारात्मक सोँचलाई इमानदारीपूर्वक दृढ संकल्प लिएर अघि बढ्ने हो भने सफलता खोज्न अन्त कतै जानै पर्दैन, देशमा सबै थोक छ ।’

उनले बेलैमा आफ्नो क्षेत्र पहिचान गर्न नसक्दा धेरैले आफुलाई अन्यौलतको भूमरी धकेल्ने गरेको उदाहरण दिँदै भविष्यका बारेमा अर्जुन दृष्टि बनाएर दत्तचित्तका साथ काममा खट्न अपिल गरे । सफलताका लागि निरन्तरको साधना, इमान्दारिता र सकारात्मक सोँचले मन वचन र कर्मले अग्रसर हुनेको कहिले पनि हार नुहने भन्दै युवाशक्तिले देशमै बसेर योगदान दिनुपर्छ भन्ने मान्यताको विकास गर्न सुझाव दिए । उनले युवाहरुमा बीमा प्रतिको आकर्षण बढाउन तथा बीमाको उपादेयता बारे आम नागरिकमा सकारात्मक धारणाको विकासका लागि अझ धेरै मेहनतको खाँचो रहेको बताए । सो अवसरमा उनले राप्ती इन्जिनियरिङ कलेजमा अध्ययनरत १० जना विद्याथीको १ लाख बराबरको निशुल्क बीमा गर्ने घोषणा पनि गरे ।

कार्यक्रममा महालक्ष्मी इन्स्योरेन्सका मार्केटिङ हेड प्रशान्त धमला, मार्केटिङ म्यानेजर यमलाल न्यौपाने, राप्ती अञ्चल प्रमुख कृष्णप्रसाद पोख्रेल, कलेजका प्रिन्सिपल रेशम गिरी, डिपार्टमेण्ट हेड बाबुराम जोशी लगायतले विभिन्न विचार व्यक्त गरेका थिए । कलेजका शिक्षक मधुसुदन वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा बीमा गर्दा हुने लाभ र सुरक्षाका बारेमा अभिमुखीकरण गरिएको थियो । नेपालमा अझै पनि ठूलो हिस्सा बीमा नगर्नेको रहेकाले सबैमा बीमा गर्नुपर्छ भन्ने मान्यताको विकास गर्न आवश्यक रहेको बताइएको थियो । नेपालमा हाल ४१ वटा बीमा कम्पनी रहेका छन् । जसमा १९ वटा जीवन बीमा, २० वटा निर्जीवन बीमा र २ वटा पुनर्बीमा रहेका छन् ।

२०२४ राष्ट्रिय बीमा संस्थान स्थापना भएयता देशमा दर्जनौ बीमा कम्पनी खुलेका छन् । सबै बीमा कम्पनीका आआफ्नै विशेषता रहेकाले उनीहरुको क्षेत्राधिकार फरकफरक रहेको छ । जीवन बिमाको क्षेत्रको दायरा बढ्दै गएपनि अझै यसका बारेमा धेरै मानिस अनभिज्ञ रहेकाले यसको व्यापक प्रचार प्रसार गर्दै भ्रम चिर्न पर्नेमा जोड दिईएकोे छ ।

Blog Post Ad

बीमाको महत्व बुझाउन हरेक घरघरमा अभियान पु¥याउन जरुरी रहेका भन्दै यही अभियानका साथ युवासँग महालक्ष्मी लाईफ बीमा जागरण अभियान लिएर दाङ आएको प्रमुख कार्यकारी अधिकृत भट्टराईले बताए ।

Blog Post Ad Blog Post Ad