माध्यमिक विद्यालयस्तरीय छात्रा कबड्डी प्रतियोगिता शुरु

दाङ, १९ भदौ । घोराही उपमहानगरपालिका वडा नं १५ काठेकोलमा रहेको सरस्वती माध्यमिक विद्यालयको आयोजनामा आज बिहिवारदेखि घोराही उपमहानगरपालिकामा रहेका माध्यमिक विद्यालय स्तरीय छात्रा कवड्डी प्रतियोगिता शुरु भएको छ ।
विद्यार्थीहरुलाई खेलकुदबारे जागरण बढाइ उनीहरुको खेलको बिकास गर्नका लागि आयोजना गरिएको माविस्तरीय छात्रा कवड्डी प्रतियोगिता दुइ दिनसम्म चल्ने विद्यालयले जनाएको छ । प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका बिच उदघाटन गरिएको थियो ।
विद्यालयका शिक्षक–अभिभावक संघका अध्यक्ष दिपबहादुर खत्रीको सभापतित्व एंव घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेयले खेलकुदमा बिकास लागि आफूले थप पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।
विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्य बिष्णु कालाथोकी, विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगी, खेल प्रशिक्षक दिपक कवर लगायतकाले प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका प्लस टु कोर्डिनेटर हेमराज शर्माले गर्नु भएको थियो । प्रतियोगितामा घोराही उपमहनगरपालिकाभित्र रहेका माध्यमिक विद्यालयका छात्राहरुको सहभागिता रहेको छ ।
सरस्वती माध्यमिक विद्यालयमा काठेकोलमा नर्सरीदेखि १० कक्षासम्म नेपाली र अग्रेजी माध्यमका दुवै कक्षा सञ्चालमा छन । कक्षा ११ र १२ मा ब्यवस्थापन र शिक्षा संकाय सञ्चालनमा छन भने प्राविधिक धारतर्फ विद्यालयमा अहिले तीन वर्ष डिप्लोमा तह सूचना प्रबिधि र २४ महिने निशुल्क आई टि र बाल बिकास सहजकर्ता कार्यक्रम संचालनमा रहेको छ ।