Ad Area

तुलसीपुरमा खसी कप भलिबल प्रतियोगिता हुने


लक्ष्मण बस्नेत
 दाङ,  २२ भदौ । दाङको तुलसीपुरमा बिजया दशमीको अवसरमा खुला खसी कप पुरुष भलिबल प्रतियोगिता २०८२ हुने भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर–५ को आयोजनामा तथा दाङ स्पोर्ट्स युनिभर्स तुलसीपुर–५ को व्यवस्थापनमा प्रतियोगिता आगामी असोज ५ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ ।
भलिबल खेलको विकाससँगै पूर्व खेलाडीलाई जोड्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विजेताले खसी हात पार्नेछन् भने उपविजेताले बोका पुरस्कार पाउने फेलोसिप ट्रेनिङ सेन्टरका सञ्चालक राजु यरीले जानकारी दिएका छन्।
दुई दिनसम्म चल्ने प्रतियोगितामा सहभागी खेलाडीको उमेर ३५ वर्षभन्दा माथि हुनुपर्नेछ । प्रतियोगितामा दाङ, सल्यान, रोल्पा, रुकुमलगायतका जिल्लाबाट करिब १२ भन्दा बढी टिमको सहभागिता रहने अपेक्षा गरिएको छ । सहभागिताका लागि टिम दर्ता असोज ४ गते दिउँसो ४ बजेसम्म गर्नुपर्ने र सोही दिन बेलुकी ५ बजे अन्तिम टाईसिट प्रकाशन हुने आयोजकले जनाएका छन् । टिम दर्ता शुल्क तीन हजार रुपैयाँ तोकिएको छ ।