इन्टर स्कुल डिआईजिपी फुटबल : पुलिस, गोरखा र मावि रझेना बिजयी
दाङ,२२ कात्तिक । लुम्बिनी प्रदेशस्तरीय प्रथम इन्टर स्कुल डिआईजिपी फुटबल रनिङ शिल्ड प्रतियोगिता–२०८२ को चौथो दिन भएका खेलमा नेपाल पुलिस स्कुल रेड समूह, गोरखा लमही र मावि रझेना स्कुल बिजयी भएका छन् ।
नेपाल पुलिस स्कुलको आयोजनामा घोराही उपमहानगरपालिका–१७ गुलरियास्थीत खेल मैदानमा भएको चौथो दिन शनिवार भएको पहिलो खेलमा नेपाल पुलिस स्कुल घोराहीको रेड समूहले जनजागृति माध्यामिक विदालय लमडरुवालाई १ का विरुद्ध ५ गोलले पराजित गर्दै बिजयी भएको हो ।
उक्त खेलमा उत्कृष्ठ खेल प्रदर्शन गर्ने नेपाल पुलिस स्कुलका खेलाडी नविन वली म्यान अफ द म्याच घोषित भएका थिए । शनिवार भएको दोश्रो खेलमा राप्ती बाल एकेडेमीलाई गोरखा लमहीलाई सून्यका विरुद्ध छ गोल अन्तरले पराजित गरेको हो । उक्त खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने गोरखा लमहीका खेलाडी अभिषक नेपाली म्यान अफ द म्याच बन्न सफल भएका थिए । त्यसैगरी तेश्रो तथा अन्तिम खेलमा माध्यामिक विद्यालय रझेनाले लक्ष्य एकेडेमीलाई सून्यका विरु तीन गोलले पराजित गर्दै जारी प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । मावि रझेनालाई जिताउनका लागि महत्वपूर्ण योगदान गर्ने खेलाडी केशव सुनार म्यान अफ द म्याच घोषित भएका थिए ।
विद्यालयस्तरमा खेलकुद क्षेत्रको विकाससँगै प्रतिभावन खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जिल्लाका २३ विद्यालयका २४ टिमको सहभागिता रहेको छ । कात्तिक २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता टिमेले नगद ८० हजार र उपबिजेता टिमले ४० हजार रुपैयासहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता कात्तिकको १९ गतेदेखि सुरु भएको थियो ।
