इन्टर–स्कुल डिआइजिपी फुटबल : गोरखा, ज्ञानज्योती र सक्सेस क्वाटरफाइनल प्रवेश
दाङ, २५ कात्तिक । घोराहीमा जारी प्रथम लुम्बिनी प्रदेशस्तरीय इन्टर स्कुल डिआइजिपी फुटबल रनिङ शिल्ड प्रतियोगितामा गोरखा पव्लिक सेकेन्डरी स्कुल घोराही, पव्लिक ज्ञानज्योती र सक्सेस एकेडेमी तुलसीुर क्वाटरफाइनल प्रवेश गरेका छन् ।
घोराही उपमहानगरपालिका–१७ गुलरियास्थीत नेपाल पुलिस स्कुलको खेल मैदानमा मंगलवार भएको पहिलो खेलमा गोरखा पव्लिक सेकेन्डरी स्कुल घोराहीले उत्कृष्ट प्रदर्शन गर्दै राप्ती मोडर्न एकेडेमीलाई ७–० गोल अन्तरले पराजित गरेको हो । उक्त खेलमा उत्कृष्ठ खेल प्रदर्शन गर्ने गोरखाका खेलाडी जीवन घर्ती म्यान अफ द म्याच बन्न सफल भएका छन् ।
त्यसैगरी दोस्रो खेलमा पब्लिक ज्ञानज्योति विद्यालयले सिद्धरत्ननाथ विद्यालय नारायणपुरलाई ९–० गोल अन्तराले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ । उक्त खेलमा ज्ञानज्योतिका खेलाडी अनिल परियार म्यान अफ द म्याच बनेका थिए । तेस्रो खेलमा नेपाल पुलिस स्कुल ‘ब्लु’ लाई १ का विरुद्ध २ गोल गर्दै सप्तरंगी (सक्सेस एकेडेमी) क्वाटरफाइनल प्रवेश गरेको छ ।
निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा सक्सेस एकेडेमीले २–१ ले जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको हो । उक्त खेलमा सक्सेल एकेडेमीका चुरामणि राना म्यान अफ द म्याच बन्न सफल भएका थिए ।
विद्यालयस्तरमा खेलकुद क्षेत्रको विकाससँगै प्रतिभावन खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जिल्लाका २३ विद्यालयका २४ टिमको सहभागिता रहेको छ । कात्तिक २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता टिमेले नगद ८० हजार र उपबिजेता टिमले ४० हजार रुपैयासहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
