Ad Area

प्रथम श्रीगाउँ कप फुटबल प्रतियोगिता हुँदै


लक्ष्मण बस्नेत
दाङ, २७ कात्तिक । दाङको दङ्गीशरण गाउँपालिका–६ श्रीगाउँमा प्रथम श्रीगाउँ कप फुटबल प्रतियोगिता २०८२ हुँदैछ । श्रीगाउँ फुटबल क्लबको आयोजनामा संचालन हुने प्रतियोगिता आउने मङ्सिर ३ गतेदेखि सुरु हुनेछ ।

स्थानीयस्तरमा फुटबल खेलको बिकास र खेलाडीको पहिचान गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको बिजेताले ४० हजार ४ सय ४४ रुपैया नगद,कप, मेडल,प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेतालाई २० हजार २ सय २२ रुपैया नगद,कप,मेडल प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक एमेसन चौधरीले जानकारी दिएका छन् ।

संयोजक चौधरीका अनुसार प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फ वेष्ट प्लेयर हुने खेलाडीलाई २ हजार ५ सय रुपैयाँ नगद तथा ट्रफी प्रदान गरिनेछ । त्यस्तै वेष्ट किप्पर र हाई स्कोरर लाई समान १ हजार ५ सयका दरले नगद तथा ट्रफी प्रदान गरिनेछ । यसैबिच आयोजकले प्रतियोगिताको तयारीलाई तिव्र पारेको बताएको छ ।

तयारी स्वरुप उसले प्रतियोगिताको खेल मैदान मर्मत, प्रचारप्रसार, टिम दर्ता, आर्थिक व्यवस्थापन लगाएतको कार्यलाई तिव्रता दिइएको संयोजक चौधरीले जानकारी दिएका छन् ।