Ad Area

३८औँ विश्व एड्स दिवस, घोराहीमा छलफलसँगै सचेतलनामुलक सामग्री प्रदर्शन


दाङ, १५ मंसिर । ३८औँ विश्व एड्स दिवस–२०२५ का अवसरमा घोराहीमा छलफलसँगै सचेतलनामुलक सामग्री प्रदर्शन गरिएको छ । ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने मुल नाराका साथ घोराहीमा एचआईभी÷एड्सबारे सूचना–शिक्षा सामग्री प्रदर्शनी तथा जोखिम रोकथाम, उपचार सेवा र सामुदायिक भूमिकामाथि केन्द्रित विस्तृत छलफल कार्यक्रम गरिएको हो ।

स्वास्थ्य कार्यालय दाङको आयोजनामा तथा नेपाल परिवार नियोजन संघ दाङ शाखा, दाङ प्लस, नागार्जुन डेभलपमेन्ट कम्युनिटी, घोराही उपमहानगरपालिका र सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को सहआयोजनामा भएको कार्यक्रममा बोल्ने एचआइभी एड्सको संक्रमणबाट बच्नका लागि स्वास्थ्य सचेतनासँगै सावधानी आवश्यक रहेकोमा जोड दिएका थिए ।

स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख मेघराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल परिवार नियोजन संघ दाङ शाखाका शाखा प्रबन्धक बसन्त खनालले विश्व, नेपाल र दाङ जिल्लामा एचआईभी÷एड्सको अवस्था, संक्रमण विस्तारका कारण, जोखिम समूह, रोकथामका वैज्ञानिक उपाय, उपचार सेवाको उपलब्धता तथा संक्रमण न्यूनिकरणका लागि समुदाय, स्थानीय सरकार, स्वास्थ्य संस्था र नागरिकस्तरमा चाल्नुपर्ने कदमहरू समेटिएको विस्तृत कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले दाङ जिल्लामा हाल ४७१ जना एचआईभी संक्रमितले उपचार सेवामा रहेका छन् । जसमा २२७ पुरुष, २३६ महिला, ८ यौनिक अल्पसंख्यक तथा १८ बालबालिका रहेको बताए । उनका अनुसार जिल्लामा एआरटी सेवा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोराही) र राप्ती प्रादेशिक अस्पताल (तुलसीपुर) मार्फत प्रदान हुँदै आएको जानकारी गराएका थिए ।


उनका अनुसार स्वास्थ्य कार्यालय दाङ, स्थानीय तह र समुदाय–आधारित संस्थाहरूले समुदायमै पुगेर परीक्षण, परामर्श, जोखिम पहिचान, कन्डोम वितरण, सुई–सिरिन्ज कार्यक्रम, स्वास्थ्य शिक्षा तथा व्यवहार परिवर्तन सम्बन्धी कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएका छन् ।

शाखाका शाखा प्रबन्धक खनालका अनुसार विश्वभर हाल झण्डै ३ करोड ९० लाख मानिस एचआईभी रहेको बताए । PrEP, PEP / U=U-Undetectable Ö Untransmittable) वैज्ञानिक प्रमाणित विधिले संक्रमण रोकथाममा ठूलो योगदान पुगे पनि नयाँ संक्रमण दर र एड्स–सम्बन्धी मृत्यु अझै चुनौतीपूर्ण रहेको जानकारी गराएका थिए । उनका अनुसार नेपालको अवस्थाबारे प्रस्तुत विवरण अनुसार देशमा हाल ३४ हजार ३३७ जना एचआईभीसहित बाँचिरहेको जानकारी दिए ।

२००० मा ५ हजार ५४५ नयाँ संक्रमण देखिएकोमा २०२४ मा घटेर एक हजार १८२ पुगेको जानकारी दिएका थिए । २०२५ सम्म ४ लाख २८ हजारभन्दा बढी व्यक्तिले एचआईभी परीक्षण गराउँदा दुई हजार २७२ केस पोजिटिभ देखिएको छ, जसको पोजिटिभिटी ०.५ प्रतिशत रहेको छ । जोखिम समूहअनुसार PWID मा ४.१%, ःMSM÷TG मा ३.२%, यौनकर्मीमा १.३% र बन्दीहरूमा ०.३% पोजिटिभिटी देखिएकोले लक्षित कार्यक्रम विस्तार आवश्यक रहेको खनालले बताए ।

देशभर ९६ एआरटी केन्द्रमार्फत २७ हजार ५४ जनाले नियमित प्रतिअसर (ART) औषधि सेवन गरिरहेको, नेपालले ९५–९५–९५ लक्ष्यअन्तर्गत ९०–८४–८९ उपलब्धि हासिल गरेको र PMTCT कार्यक्रमअन्तर्गत ९८ प्रतिशत गर्भवती महिलाले एचआईभी परीक्षण गराएको तथ्यांक पनि प्रस्तुत गरिएको थियो । Early Infant Diagnosis  अन्तर्गत परीक्षण गरिएका १२५ शिशुमध्ये ३ मा संक्रमण भेटिएको,एसटिआईका १ लाख ६० हजारभन्दा बढी केस दर्ता भएको र हेपाटाइटिस–सी सह–संक्रमण ३६७ रहेका पाइएको थियो ।

कार्यक्रममा एचआईभी संक्रमण रोकथामका अत्यावश्यक उपायहरू विस्तृत रूपमा प्रस्तुत गरेको थियो । सुरक्षित यौन व्यवहार, कन्डोमको नियमित प्रयोग, साझा सूई नप्रयोग गर्ने, उच्च जोखिम परेपछि एभ्ए सुरु गर्ने, जोखिम समूहले एचभ्ए अपनाउने, नियमित एचआईभी परीक्षण गर्ने, संक्रमितले एआरटी नियमित सेवन गर्ने, भाइरल लोड परीक्षण समयमै गराउने र समुदायमा कलंक तथा भेदभाव अन्त्य गर्न जागरूकता अभिवृद्धि अत्यावश्यक रहेको बताइएको थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका स्वास्थ्य संयोजक राधा पौडेल, स्वास्थ्य कार्यालयका कुन्दन ठाकुरलगायत सरोकारवालाहरूले दाङमा भइरहेको एचआईभी रोकथाम तथा उपचार कार्यक्रमको प्रभावकारिता, चुनौती र सुधारका सम्भावनाबारे आफ्नो धारणा राखेका थिए ।