Ad Area

घोराहीमा पवित्रादेवी स्मृति क्रिकेट प्रतियोगिता हुने


दाङ,२ पुस । दाङको घोराहीमा पवित्रादेवी स्मृति क्रिकेट प्रतियोगिता–२०८२ हुने भएको छ । दाङ युवा क्लबको आयोजनामा यही पुसको १३ गतेदेखि टि–२० पवित्रादेवी स्मृति क्रिकेट प्रतियोगिता सुरु हुने भएको हो ।

प्रतियोगिता आयोजक दाङ युवा क्लवले बुधवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताका बारेमा जानकारी दिएको छ । घोराही उपमहानगरपालिका–१७ स्थीत गुलरिया क्रिकेट मैदानमा हुने प्रतियोगिताको बिजेता टिमले नगद एक लाख रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक दाङ युवा क्लवका कोषाध्यक्ष सुजित शर्माले जानकारी दिएका छन् ।

कोषाध्यक्ष शर्माका अनुसार प्रतियोगितामा सहभागीताका लागि दाङ जिल्लाभित्रका क्लव हुनुपर्ने र क्लवले तीन जनासम्म जिल्ला बाहिरका खेलाडीलाई टिममा सहभागी गर्न पाउने व्यवस्था गरिएको बताए । लिग कम नकआउट सिस्टममा सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीलाई विधागत रुपमा समेत पुरस्कृत गरिने आयोजक दाङ युवा क्लवले जनाएको छ ।

‘जिल्लामा क्रिकेट खेलको विकास र नयाँ खेलाडी उत्पादन गर्न सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागीताका लागि १३ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको कोषाध्यक्ष शर्माले बताए । पत्रकार सम्मेलनको सञ्चालन महानन्द पाण्डेयले गरेका थिए ।