पत्रकार महासंघ दाङले आज ३३ औं स्थापना दिवस मनाउँदै
दाङ, ४ पुस । नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो ३३ औं स्थापना दिवस आज मनाउँदैछ । स्थापना दिवसका अवसरमा आज शुक्रबार घोराहीमा विशेष कार्यक्रम आयोजना गरिएको छ । स्थापना दिवसको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको पत्रकार महासंघ दाङ शाखाले जनाएको छ ।
पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीका अनुसार स्थापना दिशेष कार्यक्रम विहान ११ बजेदेखि महासंघको सभाहलमा सुरु हुनेछ । कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मालगायतका अतिथिहरू दाङ आइपुगेका छन् । स्थापना दिवसलाई भव्य बनाउनका लागि पत्रकार महास्ंघले विभिन्न कार्यक्रम गरेको छ । महासंघ दाङ शाखाले पुस १ गते रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । त्यस्तै पुस २ गते पत्रकारहरूबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता र पुस ३ गते महिला पत्रकारहरूबीच घैंटा फोड प्रतियोगितासँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा पत्रकारहरूका लागि स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।
मुख्य कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेतासँगै महासंघ दाङ शाखामा स्थापना गरिएका विभिन्न पुरस्कारबाट उत्कृष्ट पत्रकारहरूलाई सम्मा गर्ने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले जानकारी दिएका छन् । कार्यक्रममा उपस्थीतिका लागि महासंघ दाङ शाखाले सम्पूर्ण पत्रकार तथा शुभेच्छकहरुमा हार्दिक अनुरोध गरेको छ ।
