रुकुमको मौलिक खानाको स्वाद अव घोराहीमा लिन पाइने
दाङ,६ पुस । घोराही उपमहानगरपालिका–१५ भिंग्रेली चोकमा नविलक रेष्टुरेण्ट सञ्चालनमा आएको छ । रुकुममा उत्पादन भएका स्थानीय मौलिक सिस्नाको साग, कालो चालमको भात, ढिडो, सानाभेरीको असला प्रजातीको माछालगायतका उत्पादन खुवाउने उद्देश्यले घोराहीमा नविकल रेष्टुरेण्ट सञ्चालनमा आएको हो ।
करिव आठ लाख रुपैया खर्च गरेर सञ्चालनमा आएको नविलक रेष्टुरेण्ट रुकुममा उत्पादन भएको रैथाने खानाको स्वाद लिन पाइने रेष्टुरेण्टका सञ्चालक तिलक खड्का बताउँछन् । रुकुम पूर्व जिल्ला निवासी व्यवसायी खड्काले सहरी क्षेत्रमा सुद्ध मौलिक खाना खाना सस्तो र सुलभ मुल्यमा ग्राहकलाई खुवाउने गरि सञ्चालन गरेको बताए ।
सञ्चालक खड्काका अनुसार ढिडो, सानोभेरीको असला माछा, सिस्नोको साग, कालो चामलको खानालगायतको सेट खानका लागि साढे चार सय र सादा खानाका लागि डेढ सय रुपियाँ लिने गरेको बताएका छन् । त्यससँगै अन्य रेष्टरेण्टमा पाइने खाना तथा खाजाको समेत व्यवस्था रहेको बताए ।
रुकमकोटमा लामो समय होटेल व्यवसाय गरेका खड्काले दाङमा रुकुमको स्वाद चखाउनेका लागि प्रयास गरेको बताउँछन् । ‘सानो लगानीमा रुकुमको लोकल उत्पादन ग्राहकलाई चखाउने गरि प्रयास गरेका छौ’, सञ्चालक खड्काले भने,‘ग्राहकले मन पराईदिनुभयो भने रेष्टरेण्टलाई बढाउँदै लग्ने बिचार छ ।’ खाना, नास्ताका लागि क्यापिन, हलसँगै बर्ड पार्टीका लागि समेत हलको व्यवस्था गरिएको बताए ।
एक पटकमा २० जनासम्मलाई खानाको व्यवस्था गर्न सकिने बताउँछन् । होटेलमा तत्काललाई तीन जनालाई रोजगारी समेत प्रदान गरिएको सञ्चालक खड्का बताउँछन् ।
