Ad Area

दाङ महिला जेसीजले मनायो १७ औँ स्थापना दिवस


दाङ,६ पुस । दाङ महिला जेसीजले आफ्नो १७ औँ स्थापना दिवस मनाएको छ । घोराही उपमहानगरपालिका–१६ तेरौटेमा रहेको जेष्ठ नागरिक सरोकार केन्द्रलाई खाद्यान्न सहयोग गर्दै आफ्नो १७औँ स्थापना दिवस मनाएको हो।

दाङ महिला जेसीजकी कार्यबाहक अध्यक्ष माया चौधरीको अध्यक्षता तथा जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भूपाल गिरीको प्रमुख आतिथ्यता एवं दाङ महिला जेसीजकी संस्थापक निर्मला गौतमको विशिष्ट आतिथ्यतामा स्थापना दिवस कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा दाङ महिला जेसीजकी पूर्व अध्यक्ष सुशीला पौडेलले महिलाको नेतृत्व तथा क्षमता विकाससँगै सामाजिक क्षेत्रमा दाङ महिला जेसीजले पुर्‍याउँदै आएको योगदानको चर्चा गरेका थिए । कार्यक्रम संयोजक अन्जु घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कोषअभिवृद्धि संयोजक बिन्दु डाँगीले गरेकी थिइन् ।

दाङ महिला जेसीजले प्रत्येक वर्ष पुस ५ गते स्थापना दिवस मनाउँदै सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ।