Ad Area

मैत्रीपूर्ण फुटबलमा फ्रेन्ड्स वेलफेयर बिजयी


हिमाल महरा
घोराही,१० पुस । मैेत्रीपूर्ण फुटबल प्रतियोगितामा फ्रेड्स वेलफेयर फण्ड बिजयी भएको छ । फ्रेन्ड्स वेल फेयर फण्ड घोराहीको पाँचौँ साधारणसभाका अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखासँग आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा वेलफेयर बिजयी भएको हो ।

घोराही उपमहानगरपालिका–१८ स्थीत नवलपुर खेल मैदानमा भएको प्रतियोगितामा फ्रेन्ड्स वेल फेयर फण्डको टिमले पत्रकारको टिमलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष सन्तोष सुवेदीले सामाजिक संस्थाहरूबीचको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको प्रशंसा गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष सुवेदीले जुन उद्देश्यले संस्था स्थापना गरिएको हो, त्यसलाई उद्देश्य प्राप्तिमा निरन्तर अग्रसर रहन शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष सुवेदीले खेलकुदले स्वास्थ्य, मित्रता र सकारात्मक सन्देश प्रवाह गर्ने भएकाले खेलकुदका गतिविधिलाई समेत अघि बढाउन आग्रह गरेका थिए । फ्रेन्ड्स वेल फेयर फण्डका अध्यक्ष नवीन कुमार वलीले संस्थाको पाँचौँ साधारणसभालाई खेलकुदमार्फत थप अर्थपूर्ण बनाउने उद्देश्यले मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेलकुदमार्फत आपसी सम्बन्ध सुदृढ गर्दै सहकार्य र एकताको भावना विकास हुने विश्वास व्यक्त गरेका थिए । गणेश पौडेलको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सनम शर्माले गरेका थिए ।