सामुदायिक सेवा केन्द्रको अध्यक्षमा रोका चयन
दाङ, १२ पुस । सामुदायिक सेवा केन्द्र घोराहीको अध्यक्षमा कैलाश रोका मगर चयन छन् ।
केन्द्रको शनिबार घोराहीमा भएको १८औँ साधारणसभा तथा १०औँ अधिवेशनबाट रोकाको अध्यक्षतामा सर्वसहमत नयाँ कार्यसमिति चयन गरिएको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा माया पोख्रेल, सचिवमा के।बी। घर्ति, कोषाध्यक्षमा सरस्वती सुवेदी र सहसचिवमा मनिराज आचार्य (मौसम) चयन भएका छन् । अधिवेशनबाट सदस्यहरूमा जीवन वली, अमर डाँगी, देवीराम न्यौपाने, खुमा खड्का, धना जिसी, सनत गिरी, माधव खनाल र निरञ्जन गहतराज रहेका छन् ।
केन्द्रको सल्लाहकारमा पूर्व अध्यक्षहरू रहने व्यवस्था गरिएको छ । सामुदायिक सेवा केन्द्र घोराहीको १८औँ साधारणसभा तथा १०औँ अधिवेशन अध्यक्ष आर.के.शितलको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी पमुख दीपक श्रेष्ठका प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, नेपाल महिला सामुदायिक सेवा केन्द्रका सस्थापक अध्यक्ष बिमला योगीको बिशिष्ट आतिथ्यतामा भएको थियो ।
