Ad Area

प्रथम राष्ट्रिय क्वानकिडो च्याम्पियनसिप प्युठानमा हुने


दाङ, १४ पुस । प्युठानमा प्रथम राष्ट्रिय क्वानकिडो च्याम्पियनसिप–२०८२ हुने भएको छ । नेपाल क्वानकिडो संघको आयोजना तथा नौबहिनी गाउँपालिकाको सहयोगमा माघको ९ र १० गते प्रथम राष्ट्रिय क्वानकिडो च्याम्पियनसिप हुन थालेको हो ।

देशभरका क्वानकिडो खेलाडीलाई एउटै थलोमा प्रतिस्पर्धा गराउने उद्देश्यले आयोजना गर्न लागिएको च्याम्पियनसिपमा देशका विभिन्न प्रदेश तथा जिल्लाबाट खेलाडीको सहभागिता रहने नेपाल क्वानकिडो संघका अध्यक्ष भुवन बुढा मगरले जानकारी दिएका छन् । अध्यक्ष बुढा मगरका अनुसार प्रतियोगिताले क्वानकिडो खेलको विकास, प्रवद्र्धन तथा खेलाडीहरूमा अनुशासन, आत्मरक्षा तथा खेलभावनाको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

प्रतियोगितामा पुरुष तथा महिला खेलाडीले विभिन्न तौल समूहमा प्रतिष्पर्धा गर्ने भएका छन् । जसअन्तर्गत पुरुष तौल समूह तर्फ २८–३२ केजी तौल समूह, ३२–३६ केजी तौल समूह, ३६–४० केजी तौल समूह ४०–४४ केजी तौल समूह, ४४–४८ केजी तौल समूह, ४८–५२ केजी तौल समूह, ५२–५६ केजी तौल समूह, ५२–६० केजी तौल समूह, ६०–६४ केजी तौल समूह, ६४–६८ केजी तौल समूहमा प्रतिष्पर्धा हुनेछ ।

त्यसैगरी महिलातर्फ पनि सौही तौल समूह २८–३२ केजी तौल समूह, ३२–३६ केजी तौल समूह, ३६–४० केजी तौल समूह ४०–४४ केजी तौल समूह, ४४–४८ केजी तौल समूह, ४८–५२ केजी तौल समूह, ५२–५६ केजी तौल समूह, ५२–६० केजी तौल समूह, ६०–६४ केजी तौल समूह, ६४–६८ केजी तौल समूहमा प्रतिष्पर्धा गर्ने नेपाल क्वानकिडो संघले जनाएको छ । नेपाल क्वानकिडो संघले केही महिनाअघि मात्र काठमाडौंमा अन्तराष्ट्रिय सेमिनारको आयोजना गरेको थियो ।