प्रथम कौशला चौधरी स्मृति फुटबलको उपाधि ज्ञानज्योतिलाई
दाङ, २९ पुस । प्रथम कौशला चौधरी स्मृति फुटबल प्रतियोगिता–२०८२ को उपाधि ज्ञानज्योतिले जितेको छ । कौशला चौधरी फाउन्डेसनको आयोजनामा तुलसीपुर उपमहानगरपालिका–१६ उत्तर कुरहरियास्थित लक्ष्मीपुर खेलमैदानमा मंगलवार भएको फाइनल खेलमा सितलचौतारी युवा क्लवलाई ५–३ गोल अन्तरले पराजित गर्दै ज्ञानज्योतीले उपाधि जितेको हो ।
निर्धारित समयको खेलमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा ज्ञानज्योतीले सितलचौतारीमाथि ५–३ गोलको जित निकालेको थियो । उपाधिसँगै विजेता ज्ञानज्योतीले नगद ३५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको सितलचौतारीले नगद १५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने अनिष रोका वेष्ट प्लेर, अंकित बुढामगर वेष्ट गोल किपर र सिर्जन श्रेष्ठ र गगन खड्का उत्कृष्ट गोल कर्ता बन्दै पुरस्कृत भएको कौशला चौधरी फाउन्डेसनका एलिन चौधरीले जानकारी दिएका छन् । उनका प्रतियोगिताअन्तर्गत मंगलवार भएको सेमिफाइनल खेलमा ज्ञानज्योतीले दिलिप रिकन्डिसन हाउसलाई २–० र सितल चौतारी युथ क्लबले रतननाथ युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । पुसको २६ गतेदेखि जारी प्रतियोगितामा जिल्लाका १४ वटा फुटबल टिमको सहभागीता रहेको थियो ।
