गोरक्ष रनिङ शिल्ड आईटिएफ तेक्वान्दोमा आयोजक च्याम्पियन
दाङ, १९ माघ । गोरक्ष रनिङ शिल्ड आइटिएफ तेक्वान्दो प्रतियोगितामा आयोजक गोरक्ष रत्ननाथ माध्याकि विद्यालय च्याम्पियन बनेको छ । गोरक्ष रत्ननाथ आइटिएफ तेक्वान्दो एकेडेमीको आयोजनामा दुई दिनसम्म भएको प्रतियोगितामा गोरक्ष रत्ननाथ विद्यालय १३ स्वर्ण १० रजत ५ कास्यसहित च्याम्पियन बनेको हो ।
त्यसैगरी प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र १० कास्यसहित घोराही–१५ भरतपुरमा रहेको ज्योतीपुन्ज आवासिय माध्यामिक विद्यालय दोस्रो हुँदा ५ स्वर्ण, ६ रजत र ७ कास्यसहित घोराही–४ गोग्लीमा रहेको सगरमाथा इङ्लिस बोर्डिङ स्कुल तेस्रो हुन सफल भएको छ । प्रतियोगितामा घोराही–१३ मा रहेको मेरील्याण्ड पब्लिक एकेडेमी २ स्वर्ण, २ रजत र ६ कास्यसहित चौंथो भएको छ । त्यसैगरी प्रतियोगितामा ५५–६० तौल समूहमा गुरुकुल एकेडेमीकी गरिमा चौधरी पहिलो र ५०–५५ तौल समूहमा ज्ञानोदयकी तिर्सना आग्री सेकेण्ड हुन सफल भएकी थिइन । प्रतियोगितामा गोरक्ष रत्ननाथ माविकी छात्रा उत्कृष्ट खेलाडी संगीता खत्री र सगरमाथा इङ्लिस बोर्डिङ स्ुलका छात्र उत्कृष्ट खेलाडी प्रशान्त परियार भएका थिए ।
गोरक्ष रत्ननाथ आईटिएफ तेक्वान्दो एकेडेमीको आयोजनामा माघको १७ र १८ गते दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताका बिजेतालाई गोरक्ष रत्नानाथ माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष निर्मल आचार्य र घोराही उपमहानगरपालिका वडा नं १७ वडा अध्यक्ष रामलौटन चौधरी, विद्यालयका प्रधानाध्यापक श्यामलाल मल्ल, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष भीम थापाले ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा जिल्लाका विभिन्न स्कुल तथा डोजाङबाट दुई सय ४० बढी खेलाडीको सहभागीता रहेको थियो ।
गोरक्ष रत्ननाथ आईटिएफ तेक्वान्दो एकेडेमीका प्रमुख एवं प्रतियोगिता संयोजक अर्जुन घिमिरेको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रमको सहजीकरण दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका सचिव लिलाधर बस्नेतले गरेका थिए ।
