चौथो स्व रत्नबहादुर बिष्ट स्मृति कप फुटबल : पद्मोदय, ज्ञानज्योति, गुर्जे र साहिद स्मृति विजयी
दाङ, ८ फागुन । चौथो स्वर्गीय रत्नबहादुर बिष्ट स्मृति कप फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत शुक्रबार भएका खेलमा पद्मोदय, सहिद स्मृति, ज्ञानज्योति र एफसी गुर्जे बिजयी भएका छन् ।
घोराही उपमहानगरपालिका–१२ हापुर बिजौरी खेल मैदानमा जारी चौथो स्वर्गीय रत्नबहादुर बिष्ट स्मृति कप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा पद्मोदय पब्लिक मावि भरतपुर ले गोरखा बोर्डिङ स्कुललाई ट्राइबेकरमा ५–३ गोलले हराएको छ। निर्धारित समयमा दुवै टोली २–२ गोलमा बराबरी हुँदा निर्णायक ट्राइबेकर खेलाइएको थियो।
दोस्रो खेलमा साहिद स्मृति आवासीय माविले डिभाइन टेम्पललाई २–० गोलले पराजित गर्दै विजयी भएको छ । प्रतियोगिताको तेस्रो खेलमा ज्ञानज्योति तुलसीपुरले सिद्धार्थ एकेडेमी घोराहीलाई २–१ गोलले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे पनि ज्ञानज्योतिले अवसरको सदुपयोग गर्दै जीत हात पारेको छ।
चौथो खेलमा एफसी गुर्जेले गाउँले एफसीलाई १–० गोलले हराएको छ। कडा प्रतिस्पर्धात्मक खेलमा एक गोल गर्दै गुर्जे बिजयी हुन सफल भएको हो आयोजक गुर्जे युवा क्लबका प्रताप बिष्टले जानकारी दिएका छन् ।
