Ad Area

लुम्बिनी प्रदेश महोत्सव : टिकटक जोन निर्माण गरिने


घोराही, २५ फागुन । यही फागुन २८ देखी घोराहीमा सञ्चालन हुने लुम्बिनी प्रदेश स्तरिय महोत्सवमा परम्परा र पहिचान टिकटक जोन रहने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखी चैत १५ गतेसम्म सञ्चालन हुने ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा विशेष आकर्षणको रुपमा परम्परा र पहिचान टिकटक जोन निर्माण गरिने मूल आयोजक समितिका संयोजक लव अधिकारीले जानकारी दिनुभयो ।

टिकटक जोनमा पुर्खाहरुले प्रयोग गरेका ढिकी, जाँतो, परम्परागत कृषि औजार तथा घरेलु उद्योगका साधनहरु पर्दशन गरिने छ । जसले पुरानो जिवनशैली, श्रमसंस्कृति र मौलिक पहिचानलाई झल्काउने उहाँले जानकारी दिनुभयो । दर्शकहरुले टिकटक बनाउनका लागि उपयुक्त परम्परा र पहिचान सहितको स्थान तयार गरिने तयारी रहेको उहाँले जानकारी दिनुभएको छ । महोत्सवमा हरेक दिन विषय विशेष कार्यक्रमहरु सञ्चालन हुने छन् ।

जसमा रोजगार तथा सीप विकास, स्वास्थ्य विशेष, युवा विशेष, केषि तथा पशुपालन विशेष, स्थानीय कला संस्कृति तथा पर्यटन विशेष, औद्योगिक विकास र स्थानीय उत्पादन विशेष, महिला उद्यमशीलता विशेष, शिक्ष तथा बालबालिका विशेष, उद्यामशीलता तथा सुचना प्रविधी विशेष, शान्ति तथा सामाजिक सद्भाव विशेष कार्यक्रमहरु सञ्चालन हुने छन् ।