घोराहीमा आजदेखि प्रदेशस्तरीय महोत्सव, पर्यटन मन्त्री न्यौपानेले उद्घाटन गर्ने
घोराही, २८ फागुन । घोराहीमा आजदेखि लुम्बिनी प्रदेशस्तरीय महोत्सव सुरु हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखि चैत १५ गतेसम्म सञ्चालन हुने ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ को सम्पूर्ण तयारी पुरा भएको मूल आयोजक समितिले जानकारी दिएको छ ।
स्थानीय घरेलु तथा साना उद्योगहरु तथा स्थानीय उत्पादनको प्रवद्र्धन एवं स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ आयोजना गरिएको महोत्सवको भौतिक संरचना तयारी, प्रचारप्रसार, ¥यालीको तयारी लगायतका सम्पूर्ण तयारी पुरा भएको मूल आयोजक समितिका संयोजक लव अधिकारीले जानकारी दिनुभयो । महोत्सवमा आईफिल टावर, युरोपियन स्ट्रिट, लण्डन ब्रिज, बाल उद्यानहरु, जलपरी, सिंह दरबार आकर्षकको रुपमा राखिने उहाँले जानकारी दिनुभयो ।

साथै उहाँले सम्पूर्णमा महोत्सवको उद्घाटन एवं महोत्सवमा अवधिभर उपस्थितिका लागि चुह्ले निम्तो गर्नुभएको छ । महोत्सवको उदेघाटन लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गर्नुहुनेछ । महोत्सवको उद्घाटन पूर्व झाँकी सहितको ¥याली हुनेछ । घोराहीको लखन पार्कबाट सुरु हुने ¥यालीले बजार परिक्रमा गरेर महोत्सवमा स्थलमा पुग्ने छ ।
महोत्सवमा चर्चीत कलाकारको प्रस्तुति
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । महोत्सवमा हरेक दिन केन्द्रिय चर्चीत कलाकारहरुदेखी स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । महाोत्सवमा बद्रि पंगेनी, राजु परियार, ज्योति मगर, दुर्गेश थापा, कमल गाउले, एलिना चौहान, टंक तिमल्सिना, शान्ति श्री परियार, अर्जुन सापकोटा, प्रीती आले, चक्र बम, रचना रिमाल, प्रताप दास, शान्ता रानी परियार, भुमीका गिरी, जी बब, टीका सानु, सञ्जना श्रेष्ठ, प्रिती पासवान, अञ्जु कुश्मी, राज कुश्मी, सोनी कुश्मी, श्याम राना, कमल बि.सी लगायतका कलाकारहरुको प्रस्तुति रहने आयोजक मूल समितिले जानकारी दिएको छ ।
बाल तथा युवाका लागि विभिन्न प्रतियोगिता
महोत्सवमा स्थानीय कलाको प्रोत्साहनका लागि विभिन्न प्रतियोगिताहरु सञ्चालन हुने छन् । महोत्सवमा कविता प्रतियोगिता, बाल चित्रकला प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुने भएका छन् । विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने एवं प्रतिभाको प्रोत्साहन गर्ने उद्धेश्यले विभिन्न प्रतियोगिताहरु हुने प्रमुख कार्यक्रम संयोजक सरद अधिकारीले जानकारी दिनुभयो । साथै उहाँले विभिन्न प्रतियोगिताका लागि महोत्सव सचिवालयमा सम्पर्क गर्न उहाँले अनुरोध गर्नुभएको छ ।
चैत ७ गते कविता प्रतियोगिता सञ्चालन हुनेछ । जसका लागि चैत ४ गतेसम्म कविता सचिवालयमा आईपुग्नुपर्ने कविता प्रतियोगिताका संयोजक डा.लोकराज पराजुलीले जानकारी दिनुभयो । यस्तै ‘स्वदेशी उत्पादन र राष्ट्र निर्माण’ विषयमा बाल चित्रकला प्रतियोगिता चैत १० गते हुने भएको छ । कक्षा ८ सम्मका बालबालिकाहरुबिच प्रतियोगिता हुने प्रतियोगिता संयोजक आदिम के.सीले जानकारी दिनुभयो । प्रतियोगीहरुले फागुन ३० गते सम्म नाम दर्ता गराउनुपर्ने र हरेक विद्यालयबाट एक जना विद्यार्थीमात्र सहभागी हुन पाउने उहाँले जानकारी दिनुभयो ।
यस्तै ‘स्वदेशी उत्पादनको प्रयोग देश समृद्धिको अवसर’ विषयक वक्तृत्वकला प्रतियोगिता चैत ३ गते हुनेछ । बालबालिकाहरुका लागि सञ्चालन हुने प्रतियोगितामा फागुन ३० गतेसम्म नाम दर्ता गराउन आयोजकले अनुरोध गरेको छ । जसमा एक विद्यालयबाट एक विद्यार्थीमात्र सहभागी हुन पाउने छन् । यसैगरि ‘स्थानीय उत्पादनको प्रयोग राष्ट्र समृद्धिको आधार’ शीर्षकमा खुला बक्तृत्वकला प्रतियोगिता पनि हुनेछ । चैत १० गते हुने प्रतियोगिताका लागि चैत ५ गतेसम्म नाम दर्ता गर्नका लागि कार्यक्रम संयोजक बिनोद के.सीले जानकारी दिनुभयो । प्रतियोगितामा २५ बर्ष मुनीका युवाहरु सहभागि हुन पाउनेछन् । सम्पूर्ण प्रतियोगितामा प्रथम, द्विृतिय, तृतीय र सान्त्वना हुनेले प्रमाणपत्र सहित क्रमशः ७ हजार, ५ हजार, ३ हजार र १ हजार प्रदान गरिने छ ।
टिकटक जोन
महोत्सवमा विशेष आकर्षणको रुपमा परम्परा र पहिचान टिकटक जोन निर्माण गरिएको छ । टिकटक जोनमा पुर्खाहरुले प्रयोग गरेका ढिकी, जाँतो, परम्परागत कृषि औजार तथा घरेलु उद्योगका साधनहरु पर्दशन गरिने छ । जसले पुरानो जिवनशैली, श्रमसंस्कृति र मौलिक पहिचानलाई झल्काउने छ । दर्शकहरुले टिकटक बनाउनका लागि उपयुक्त परम्परा र पहिचान सहितको स्थान तयार गरिएको छ ।
महोत्सवमा हरेक दिन विशेष कार्यक्रम
महोत्सवमा हरेक दिन विषय विशेष कार्यक्रमहरु सञ्चालन हुने छन् । जसमा रोजगार तथा सीप विकास, स्वास्थ्य विशेष, युवा विशेष, केषि तथा पशुपालन विशेष, स्थानीय कला संस्कृति तथा पर्यटन विशेष, औद्योगिक विकास र स्थानीय उत्पादन विशेष, महिला उद्यमशीलता विशेष, शिक्ष तथा बालबालिका विशेष, उद्यामशीलता तथा सुचना प्रविधी विशेष, शान्ति तथा सामाजिक सद्भाव विशेष कार्यक्रमहरु सञ्चालन हुने छन् ।
