Ad Area

सेवारखोला पुलको ५० प्रतिशत भौतिक प्रगति


दाङ,१ चैत । सेवारखोलामा निर्माणाधिन चारेलन पुलको भौतिक प्रगति ५० प्रतिशत सकिएको छ ।

घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत पर्ने सेवारखोला पुल निर्माणको सम्झौता अनुसार म्याद सकिन तीन महिना मात्र बाँकी रहँदा पुल निर्माणको आधा मात्र काम सकिएको छ । पुलको सब–स्ट्रक्चरअन्तर्गत पिलर निर्माणलगायतको काम सकिएको र सुपर स्ट्रक्चरअन्तर्गतको काम बाँकी रहेको पुल सेक्टर कार्यालय बाँकेका इन्जिनियर सुरेश चौधरीले जानकारी दिएका छन् ।

७० मिटर लम्बाइ र २० दशमलव ५ मिटर चौडाइको उक्त पुल निर्माणका लागि २३ करोड २२ लाख ४३ हजार तीन सय रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । चारलेन पुल निर्माणका लागि एमएस रायमाझी कन्स्ट्रक्सन जेभीसँग २०८० जेठ ३० गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले २०८३ जेठ २८ गतेभित्र पुल निर्माणको काम सक्नुपर्नेछ ।