प्रदेशस्तरीय महोत्सव : बालमैत्री, बाल मनमेविज्ञान र बालअधिकारसम्बन्धी छलफल
दाङ, २ चैत । घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा दैनिक विशेष कार्यक्रमहरू सुरू भएका छन् । महोत्सवमा सोमवार बालबालिकासँग सम्बन्धीत अन्तरक्रिया भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखि चैत १५ गतेसम्म ‘घरेलु तथा साना उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेश समृद्धिको आधार’ भन्ने नारा सहित आयोजना गरिएको ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा सोमवार बालमैत्री, बाल मनमनोविज्ञान र बालअधिकार सम्बन्धी प्यानलमा छलफल भएको छ ।
प्यानल डिस्कसनमा बालमैत्री विज्ञ दुर्गालाल केसी, नेपाल बाल संगठनका केन्द्रिय सदस्य विनोद केसी, मनोविमर्सकर्ता सुशीला आचार्य रहेकी थिइन । कार्यक्रममा बालमैत्री बिज्ञ केसीले जिल्लाका सवै पालिका अहिले पनि बालमैत्री हुन नसकेको बताए । उनले भने,‘बालमैत्री घोषणा भएको घोराहीमा अनुगमनको काम भइरहेको छ । यो काममा परिवार, समाज सवै जिम्मेवार हुनुपर्छ । । १८ बर्ष मुनीका बालवालिका अभिभावकसंगै हुर्किनुपर्छ ।’
बाल संगठनका केन्द्रिय सदस्य केसीले बालमैत्री घोषणा गरेर मात्रै कर्तव्य पुरा नहुने धारणा राखे । उनले बालमैत्री घोषणा गर्ने तर अनुगमन नगर्ने चलन रहेको भन्दै सवैले पहशुस गर्न पाउनुपर्ने बताए । स्थानीय सरकारका रुपमा रहेको सरकारले यो कुरामा बढी ध्यान दिनुपर्ने भन्दै बालवालिकाका लागि लगानी बढाउनुपर्नेमा जोड दिएका थिए ।

मनोसामाजिक विमर्शकर्ता आचार्यले बालवालिकामा मनोसामाजिक समस्या बढ्दै गएको बताइन । उनले बालवालिकामा देखिएको समस्या सवैभन्दा बढी अभिभावकले सुन्नुपर्ने बताइन । साथै उनले बालवालिकाको कुरा सुन्ने र बुझ्ने व्यवहार चाहिने धारणा राख्दै बच्चालाई पैसा दिएर चुप लगाउने होइन कुरा सुन्नतर्फ ध्यान दिन आवश्यक रहेको बताइन ।
त्यस अवसरमा नगर बाल सञ्जालकी अध्यक्ष मेनुका भुषालले बालवालिकालाई सुरक्षित बनाउनका लागि परिवारले भूमिका खेल्नुपर्ने बताउनुभयो । सवैभन्दा नजिकको साथी आमा वा बाबु हुने भएकाले आफ्नो समस्या सुनाउनुपर्ने उनको भनाई थियो । त्यस्तै नगर सञ्जालका सचिव लक्ष्मण भण्डारीले ग्रामीण क्षेत्रमा रहेका बालवालिकाहरु अधिकारबाट बञ्चित भएकाले त्यसका लागि राज्यका निकायले ध्यान दिनुपर्ने बताए ।
उनले घोराही जस्तै अन्य पालिकालाई पनि बालमैत्री घोषणा गर्न आवश्यक रहेको धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार अमरक्षितिज भण्डारीले गरेका थिए । महोत्सवमा मंगलबार ‘स्वदेशी उत्पादनको प्रयोग देश समृद्धिको अवसर’ विषयक बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको मुल संयोजक तथा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लव अधिकारीले जानकारी दिएका छन् ।
प्रताप दासले नचाए दर्शक
महोत्सवमा सोमवार पनि चर्चित कलाकारहरूको प्रस्तुति रहेको छ । सोमवार गायक प्रताप दास, ऋतु शाहीलगायतका कलाकारको प्रस्तुति रहेको थियो । प्रताप दासले ‘फोटो फिरिममा कहिले मिलन कहिले बिछोड मायापिरिममा’, ‘फुल होईन काडा काडै बाटो हिडौला’, ‘तिमी र म जाउ माया कही टाढा’ लगायतका गीतहरू गाएका थिए । महोत्सवमा मंगलवार गायक सुमन बिटी, अञ्जु कुश्मी, गायक आर.जे.रास्कोटी, गायिका विष्णु सुनारलगायतका कलाकारको प्रस्तुति रहने आयोजक मूल समितिले जानकारी दिएको छ ।
