प्रधानमन्त्री कपका लागि लुम्बिनी प्रदेशस्तरीय टोली घोषणा
दाङ, ४ चैत । लुम्बिनी प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय पुरुष टोली घोषणा गरेको छ । खेलाडी देव खनालको कप्तानीमा लुम्बिनी प्रदेशस्तरीय टोली घोषणा गरेको हो ।
लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरद्वारा जारी विज्ञप्तिअनुसार प्रदेशस्तरीय टोलीको उपकप्तानमा प्रज्वल थापा रहेका छन् । त्यसैगरी अन्य खेलाडीमा आकाश त्रिपाठी, सुमित श्रेष्ठ, रणजीत खड्का, सलाउद्दिन खान, सन्तोष यादव, अजय चौहान, निर्मल गुरुङ, दिनेश बोहोरा, राजेन्द्रबहादुर बम, वीरबहादुर घर्ती मगर, दर्श सुनार, सन्देश थापा र विपर्शन केसी रहेका छन् । वैकल्पिक खेलाडीमा रमेश कुर्मी, नरबहादुर सार्की, दिपेश रोका, महेश भर र सम्राट भुसाल रहेका छन् ।
लुम्बिनी प्रदेशस्तरीय टोलीका मुख्य प्रशिक्षक बसन्त शाही, व्यवस्थापक विजय सिंह ज्ञवाली र सहायक प्रशिक्षक घनश्याम थारु रहेका छन् । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पहिलो चरणमा छनोट भएका २८ जना खेलाडीलाई रुपन्देहीको भैरहवास्थति सिद्धार्थ क्रिकेट रंगशालामा बन्द प्रशिक्षणमा राखेर छनोट गरिएको संघले जनाएको छ । 
