Ad Area

तुलसीपुरबाट कपुरकोट जान थालेको जीप दुर्घटना तीनको मृत्यु


दाङ,२६ मंसिर । दाङको तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको यात्रुबहाक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतवार साँझ करिव करिव ४ बजेतिर राप्ती राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ सिरखोला नजिकै रा १ ज ४३८ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा तीन जना यात्रुको घट्नामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् । उनका अनुसार दुर्घटनामा दुई जनाको घट्नास्थलमै र एक जनाको उपचारका क्रममा अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो । मृतक मध्य सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ४ की ४६ वर्षीया साउने घर्ती, सोही ठाउँका ३९ वर्षीय प्रेमप्रकाश शर्मा र २६ वर्षीया लालमती खड्काको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । घाइते मध्य चार जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

क्षमताभन्दा बढी यात्रु बोकेको जीपले उकालोमा नतानेपछि झरेर ओट हाल्ने क्रममा जीप ब्याक हुन पुग्दा भिरबाट तल खसेको थियो । यसअघि पनि सोही सडक खण्डमा सल्यानबाट दाङ आउँदै गरेको बस दुर्घटनामा परेको थियो ।

Blog Post Ad Blog Post Ad