टिकरीमा चैते दशैं सांस्कृतिक मेला हुने
दाङ,१० चैत । घोराही उपमहानगरपालिका–१२ स्थित टिकरीमा चैते दशैं सांस्कृतिक मेला २०८२ लाग्ने भएको छ । प्रत्येक वर्षझैँ यस वर्ष पनि चैते दशैंको अवसरमा सांस्कृतिक मेला लाग्ने भएको हो ।
न्यु स्टार क्लबको आयोजना तथा टिकरी युवा समूहको सहआयोजनामा चैतको १२ गते टिकरीमा चैते दशैं सांस्कृतिक मेला २०८२ सञ्चालन हुने भएको कार्यक्रम संयोजक दिनेश नेपालीले जानकारी दिएका छन् । उनका अनुसार एक दिन लाग्ने मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने भएको छ ।
कार्यक्रम व्यवस्थापनका लागि विभिन्न जिम्मेवारी समेत बाँडफाँट गरिएको छ । जसअनुसार कार्यक्रम संयोजकमा दिनेश नेपाली, आर्थिक संयोजकमा सञ्जीव बिक, अतिथि तथा कलाकार सत्कार संयोजकमा अजय परिवार, मञ्च व्यवस्थापन संयोजकमा सुभाष नेपाली तथा स्वयंसेवक संयोजकमा सन्तोष बिक चयन भएका छन् ।
मेलाको सफलताका लागि पर्यटन परिषद्, स्थानीय सरकार, विभिन्न संघ–संस्था, सामाजिक व्यक्तित्व तथा देश–विदेशमा रहेका सहयोगदाताहरूसँग आर्थिक तथा भौतिक सहयोगका लागि न्यू स्टार क्लबका अध्यक्ष खुमबहादुर ओलीले आग्रह गरेका छन्
