Ad Area

दाङका दुई स्थानीय तहमा ‘नेपाल परागसेचन परियोजना’ सुरु


दाङ, १० चैत । दिगो कृषि विकास र जैविक विविधता संरक्षणलाई सहयोग पु¥याउने उद्देश्यसहित दाङका दुई स्थानीय तहमा ‘नेपालञ परागसेचन परियोजना’ सुरु भएको छ ।

हर्ड इन्टरनेशनलको नेतृत्वमा ब्रिस्टल विश्वविद्यालय, स्थानीय पहल (ली–बर्ड) तथा कृषि तथा वन विश्वविद्यालयलगायत संस्थाको सहकार्यमा दाङको घोराही उपमहानगरपालिका र गढवा गाउँपालिकाबाट चार बर्ष (सन २०२६–२०२९) का लागि परियोजना सञ्चालन भएको हो । हर्ड इन्टरनेशनल नेपालले मंगलवार घोराहीमा पालिकास्तरीय प्रारम्भिक समन्वय तथा परिचयात्मक बैठकको आयोजना गरेर परियोजनाका बारेमा जानकारी गराएको हो ।

परियोजना लुम्बिनी प्रदेशको दाङसहित परियोजना लुम्बिनी प्रदेशका कपिलवस्तु, गुल्मी र पाल्पा जिल्लामा सञ्चालन हुने भएको हर्ड इन्टरनेशनलका प्रोजेक्ट म्यानेजर सुजन सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार परियोजनाले परागसेचनसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै दिगो कृषि अभ्यास प्रवद्र्धन, मौरीपालन विकास, अनुसन्धान क्षमता सुदृढीकरण तथा नीतिगत सुधारमा महत्वपूर्ण योगदान पु¥याउनेछ । परियोजनाका बोरमा जानकारी गराउँदै प्रोजेक्ट म्यानेजर सापकोटाले परियोजनाअन्तर्गत किसान, शिक्षक र विद्यार्थीलाई परागसेचन व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरेर कृषि उत्पादनसँगै आम्दानी वृद्धिमा सहयोग गर्ने बताए ।

उनका अनुसार कृषि उत्पादन वृद्धि गर्न, कृषि–पर्यावरणीय सन्तुलन कायम राख्न तथा किसानको आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, खाद्य तथा पोषण सुरक्षामा सुधार ल्याउनसमेत परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

हर्ड इन्टरनेशनलको आयोजनामा मंगलवार घोराहीमा भएको परिचयात्मक कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुला चौधरीले परियोजनाले प्राकृतिक उत्पादन वृद्धि गर्दै नागरिकको स्वास्थ्य र आर्थिक अवस्था सुधार्न सहयोग पु¥याउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, किसान तथा सरोकारवालाको सहभागीता रहेको परियोजनाकी सिनियर कमिनीकेसन अफिसर अन्जना पौडेलले जानकारी दिएकी छिन । कार्यक्रमको सहजीकरण परियोजनाका जिल्ला कृषि अधिकृत चित्रबहादुर थापाले गरेका थिए ।