Ad Area

तेस्रो वडा अध्यक्ष कप फुटबलमा कचिली बि र टरिगाउँ बिजयी


लक्ष्मण बस्नेत
तुलसीपुर,२६ मंसिर । तुलसीपुर उपमाहानगरपालिका–१२ को हरिपौरामा आईतवारदेखि तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७८ सुरु भएको छ ।

डबरा टोल बिकास संस्था तुलसीपुर–१२ हरिपौराको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका–१२ को आर्थिक सहयोगमा पशुपती मावि हरिपौरा खेलमैदानमा संचालित प्रतियोगिताको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका उपमेयर एवं कार्यबहाक मेयर माया आचार्यले गरेकी थिइन ।

उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै आचार्यले स्वस्थ जीवनका लागि खेलकुद महत्त्वपूर्ण भएको बताइन । खेलकुद राष्ट्रको पहिचान भएको भन्दै उनले यसले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावलाई सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिएकी थिइन । कार्यक्रममा नेकपा एमाले तुलसीपुर–१२ का उपाध्यक्ष भीम बहादुर बस्नेत, नेकपा माओबादी केन्द्र तुलसीपुर १२ का सचिव हरि बुढाथोकी, नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर १२ का ईन्चार्ज उज्ज्वल घिमिरे लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा रझेनी टोल बिकास सस्था तुलसीपुर १२ ले स्वागत नृत्य प्रस्तुत गरेको थियो । डबरा टोल बिकास सस्थाका सचिव खगेन्द्र अधिकारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका कार्यबहाक मेयर माया आचार्यको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका–१२ का अध्यक्ष सुर्य बहादुर डाँगी ‘श्याम’को विशिष्ट आतिथ्यतामा प्रतियोगिताको उद्घाट गरिएको थियो । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धिसंगै खेलाडीको पहिचान गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा वडाभित्र स्थापित १० टिमको सहभागिता रहेकोछ । प्रतियोगिताको बिजेता,उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५०,३५ र २५ हजार तथा कप,मेडल,प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै ब्यक्तिगत बिधातर्फ बेस्ट प्लेयर र बेस्ट किप्परको उपाधी हात पार्ने खेलाडी लाई जनही २५ सय नगद तथा ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

चार दिनसम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउट प्रणालिका आधारमा खेलाईनेछ । यसैबिच आईतवार भएको उद्घाटन खेलमा कचिली बि बिजयी भएको छ । उसले क्वाङीलाई सुन्यका बिरुद्ध २ गोल अन्तरले पराजित गरेको हो । त्यस्तै टरिगाउँले ट्राईबेकरमा आयोजक डबरा टोललाई १ का विरुद्ध २ गोल पराजित गर्‍यो ।

Blog Post Ad

प्रतियोगिता अन्तरगत सोमबार बिहान कपडादेबी र कचिला,टरिगै र क्वाङी भिड्नेछन् । खेल बिहान १० बजेपछि हुनेछ । प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरी शर्मा, खुम बहादुर केसी र सुरेश मगर रहेका छन् ।

Blog Post Ad Blog Post Ad