Ad Area

तरबुजा खाने प्रतियोगिता, मनोज कुमाल बिजयी


गढवा,१५ वैशाख । ‘सम्भावना खाडीमा होइन,वारीमा खोजौँ’ भन्ने उद्देश्यसहित देउखुरीको गढवा–३ खैरेनीमा तरबुजा खाने प्रतियोगिता भएको छ । गढवा गाउँपालिका–३ खैरेनीमा रहेको एम.डि.टि.आर.कृषि फर्मको आयोजनामा मंगलवार प्रतियोगिता भएको हो ।

प्रतियोगितामा गढवा–३ खैरेनी निवासी मनोज कुमाल प्रथम भएका छन् । साढे दुई किलो खरबुजा सवैभन्दा चाडै खादै सहभागी कुमाल बिजयी भएका हुन । १४ जना प्रतिष्पर्धीलाई पछि पारेका कुमालले साढे ७ किलोको खरबुजा पुरस्कार स्वरुप प्रदान प्राप्त गरेका हुन । प्रतियोगितामा सरस्वती मावि विद्यानगर गोबरडिहा शिक्षक अरुण खनाल दोस्रो हुँदै साढे दुई किलोको खरबुजा प्राप्त गरे ।

‘आहा गढवा, घुम्न जाऔं गढवा’ अभियानअन्तर्गत आयोजना गरिएको प्रतियोगिताबाटै बैशाख १५ गतेलाई तरबुजा दिवस घोषणा गरिएको किसान तथा ‘आहा गढवा, घुम्न जाऔं गढवा’ अभियानकर्ता टेकेन्द्र रावत क्षेत्री बताउँछन् । प्रतियोगितामा सहभागीताका लागि १२० रुपियाँ दर्ता शुल्क तोकिएको थियो ।

गढवा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तुलसीराम अधिकारीको अध्यक्षतामा भएको प्रतियोगितामा फलफूल व्यवसायी÷ किसान तिर्थराज ज्ञवाली, समाजसेवी प्रदिपराज शर्मालगायतको सहभागीता रहेको थियो ।