Ad Area

ल्यावको सुविधा नहुँदा फोरलेन सडक निर्माणमा ढिलाई


घोराही, २७ मंसिर । हिजो आज दाङका सवैको चासो फोर लेन सडकमा गएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी जिल्लामा आएदेखि नै सडक निर्माणमा चासो देखाएका थिए । केही दिन अघि उनले सडक निर्माणको काम थाल्ने जानकारी दिएका थिए । तर प्रमुख जिल्ला अधिकारीको प्रतिवद्धताले पनि काम गरेको छैन । दैनिक रुपया सयौं फोन फोर लेन सडकका बारेमा आउँछन् । सडकको काम जसरी भएपनि थाल्ने योजना अनुसार केही काम सुस्त गतिमा हुन थालेको थियो । काम सुरु होला भन्ने समयमा निर्माण व्यवसायीले सडक निर्माणको लागि ढुंगा र माटोको ल्याव टेष्ट गर्नेपर्ने तर यो सुविधा दाङ जिल्लामा नभएकाले काममा ढीलाई भएको बताएका छन् ।

ल्याव टेष्ट नहुँदा माटो र ढुङ्गाको जाँच गराउन काठमाडौं पठाएको जानकारी निर्माण व्यवसायीले आफूलाई गराएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । उनले भने,–‘निर्माण कम्पनीहरुले सडक निर्माणको प्रकृयाहरु पुरा नहुदा ढिलाई भएको जानकारी दिएका छन्, ल्यावको रिपोर्ट आएपछि काम फटाफट हुनेछ ।’

ढुंगा र माटोको परिक्षणका लागि ल्यावको सुविधा दाङमा नभएकाले काठमाडौँ परिक्षणका लागि पठाउदा काममा ढिलाई भएको प्रमुख जिल्ला अधिकारीले बताए । तीन वटै निर्माण कम्पनीका निर्माण व्यवसायिहरु आफुहरुको सम्पर्कमा रहेको र हाल सुस्तगतीमा काम भैरहेको जानकारी दिएका छन् । ल्याव परिक्षणको काम सकिएसंगै फोर लेन सडक निर्माणको कामले गती लिने कुरामा आफु ढुक्क रहेको बताए ।

आफु आउनुभन्दा अगाडीनै यहाँको घोराही–तुलसीपुर फोरलेन सडक निर्माणको विषयमा सुनेको भन्दै यो बिषयको सहजीकरणका लागि प्रयास थालेको बताए । यहाँको चर्चित बिषयनै फोरलेन सडक भएकाले यो कामको गतीका लागि प्रयास थाल्ने बताए । भारतको मुम्वई स्थित तथ्य इन्जिनियरिङ इन्फ्रा प्रोजेक्ट प्रालीले निर्माण गर्ने जिम्मा लिएको थियो । निर्माण गर्ने सम्झौता भएको ३३ महिनामा सात प्रतिशत मात्र काम हुँदा तथ्यले यहाँको निर्माण कम्पनी संगको सम्झौता खारेज गर्दैै आफैले निर्माण गर्ने बताएको थियो । कम्पनीका म्यानेजिङ डाइरेक्टर प्रविण ब्रम्ह्देव पाण्डेयले अवको एक वर्षमा निर्माणको काम सम्पन्न गर्ने बताएका थिए ।

मंसिर १० गते घोराहीमा सडक निर्माण शुभारम्भ व्यानर राखेर भव्य कार्यक्रम गरिएको थियो । कार्यक्रममा निर्माणको जिम्मा लिएको कम्पनीले आफुलाई यहाँ आउन रोकेको र कम्पनीलाई धोका दिएको आरोप लगाएको दुई साता वितेको छ । पाण्डेयले केही दिनमै काम सुरु हुने प्रतिवद्धता त्यतिवेला गरेका थिए तर हालसम्म काम अघि बढ्न सकेको छैन ।

तथ्यले काम गर्ने भनेपनि अहिले फेरी यहाँका तीन वटा निर्माण कम्पनीलाई कामको जिम्मा दिइएको छ । १२÷१२ किलोमिटरमा मिटरमा दुईवटा कम्पनीले काम गर्नेछन् । भने पाँच किलोमिटरमा अर्काे कम्पनीले काम अगाडी बढाउनेछन् । फोरलेनको कामका लागि पहिले ढुंगाको समस्या देखिएको थियो । यो समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी रेग्मीकै अगुवाईमा राम्री भन्ने स्थानवाट ढुंगाको आपुर्ती पुर्ती गर्ने सम्झौता भएको छ ।

Blog Post Ad

घोराही तुलसीपुर फोरलेन सडक निर्माणको काम समयमै सम्पन्न नहुँदा नागरिकहरुलाई सास्ती भएको छ । सडकको छेउछाउमा खनिएको खाल्डा खुल्डीले दुर्घटनाको जोखिम बढाएको छ । पछिल्लो चार महिनामा दुर्घटनामा १२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । दुर्घटनासंगै धुलोधुवाले नागरिकको स्वास्थ्यमा समस्या बढाएको छ ।

 

Blog Post Ad Blog Post Ad