Ad Area

हृदयेश त्रिपाठीले गरे नयाँ पार्टीको घोषणा


काठमाडौँ,२८ मंसिर । हृदयेश त्रिपाठीले नयाँ पार्टीको घोषणा गरेका छन् ।

मधेशवादी दल हुँदै पछिल्लो निर्वाचनमा सूर्य चिन्हबाट प्रतिनिधिसभामा निर्वाचित भएका त्रिपाठीले मंगलबार नयाँ पार्टी ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गरेका हुन् ।

टीकापुर घटनामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइको माग गर्दै उनको पक्षमा उभिएर त्रिपाठीले याँ पार्टीको घोषणा गरेका हुन् । लामो समय मधेशवादी दल खोलेर राजनीति गर्दै आएका उनी पछिल्लो समय स्वतन्त्र रहेका थिए ।

Blog Post Ad Blog Post Ad