Ad Area

दाङमा चलचित्र निर्माण सम्वन्धी कार्यशाला हुने


दाङ,२९ मंसिर । चलचित्र क्षेत्रमा क्रियाशील नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई चलचित्र निर्माणबारे सैद्धान्तिक एवं व्यवहारिक ज्ञान, सीप दिने तथा नयाँ प्रविधि र शैलीबारे प्रशिक्षण दिने उद्देश्यले दाङमा लुम्बिनी प्रदेशस्तरीय चलचित्र निर्माण कार्यशाला हुने भएको छ ।

पहल नेपालको आयोजना र चलचित्र विकास बोर्डको सहयोगमा पुस २३ गतेदेखि २७ गतेसम्म आयोजना गरिने कार्यशालाका प्रशिक्षकहरुमा निर्देशक एवं अभिनेता अनुप बराल, निर्देशक एवं लेखक दिपेन्द्र लामा र छायाँकार पुरुषोत्तम प्रधान हुनुहुन्छ । ५ दिने कार्याशालामा पटकथा लेखन, निर्देशन, छायांकन र अभिनय विधामा प्रशिक्षण दिइने पहल नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिएका छन् ।

मोफसलमा रहेका चलचित्रकर्मीहरुलाई चलचित्र निर्माणको राष्ट्रिय मूलधारमा जोड्न र मौलिक एवं सार्थक चलचित्र निर्माणको वातावरण बनाउन कार्यशाला निकै महत्त्वपूर्ण हुने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले बताएका छन् ।

Blog Post Ad Blog Post Ad